सेवा कर्णाली अस्पतालको निःशुल्क स्वास्थ्य परीक्षण अभियान

  ।   ८ असार २०८३, सोमबार १०:५६

सुर्खेत । सेवा कर्णाली अस्पताल प्रा।लि। ले स्वास्थ्य क्षेत्रका अग्रपंक्तिमा रहेर सेवा दिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानस्वरूप निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

अस्पतालका अनुसार शनिबार विशेष स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच सेवा उपलब्ध गराइनेछ। शिविरमा रक्तचाप, मधुमेह (सुगर) परीक्षणसहित आधारभूत स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको छ।

अस्पतालका सञ्चालक किशोरकुमार रावलले स्वास्थ्य सेवामा निरन्तर खटिने जनशक्तिको स्वास्थ्य अवस्थाप्रति ध्यान दिनु आवश्यक रहेको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार शनिबार सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ भने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले अन्य दिनमा पनि निःशुल्क स्वास्थ्य जाँच सुविधा प्राप्त गर्नेछन्।

उनले स्वास्थ्य सेवामा समर्पित व्यक्तिहरूको मनोबल अभिवृद्धि गर्न तथा नियमित स्वास्थ्य परीक्षणको संस्कार विकास गर्न यस्तो कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे।

अस्पतालले स्थानीय बासिन्दालाई स्वास्थ्यप्रति सचेत बन्न र समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ। यस प्रकारका सामाजिक कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Next Post

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार, थप उपचारका लागि सुर्खेत रिफर

८ असार २०८३, सोमबार १०:५६
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ निवासी सुत्केरी प्यारी पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। चौरजहारी नगर अस्पताल मा आकस्मिक शल्यक्रिया (इमर्जेन्सी अपरेशन) पश्चात् पुनमा अत्यधिक रक्तस्राव (पोस्टपार्टम हेमोरेज) भएको र अवस्था थप गम्भीर बन्दै गएपछि विशेषज्ञ उपचार आवश्यक […]