सामाजिक सञ्जाल विधेयकको सर्वत्र विरोध : सरकार तत्काल रोकेर सम्बन्धित पक्षसँग छलफल गर्न बाध्य

  ।   १७ माघ २०८१, बिहीबार १९:४८

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर मात्रै ल्याउने भएको छ । विधेयकको सर्वत्र विरोध भएपछि सरकार तत्काल त्यसलाई रोकेर सम्बन्धित पक्षसँग छलफल गर्न बाध्य भएको हो ।

नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याउन लागिएको जानकारी बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्ने बताउनुभयो । तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्वीकार्न नसकिने उहाँको भनाइ छ ।

कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राई, महासचिव हिरामान लामालगायतले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने नाममा प्रेस स्वतन्त्रता हनन गर्न नहुने बताउनुभयो ।

अधिवेशनले नवीन लुईंटेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेल र सञ्चारकर्मी विष्णु कल्पितलाई प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

 

Next Post

प्रेस चौतारी जुम्लामा सर्वसम्मत कार्यसमिति चयन:अध्यक्षमा रावल

१७ माघ २०८१, बिहीबार १९:४८
जुम्ला । प्रेस चौतारी नेपाल  जुम्ला शाखाको चौथो अधिवेशन बिहीवार सम्पन्न भएको छ । प्रेस चौतारी नेपालको चौथो अधिवेशनमा पूर्व चौतारीका अध्यक्षमा मानदत्त रावल पुनः निर्विरोध चयन भएका छन् । जिल्लाको चौथो अधिवेशन पनि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ । १५ सदस्यीय नयाँ कार्यसमितिमा रावलको नेतृत्वमा उपाध्यक्ष (खुला)सपना रावत,उपाध्यक्ष […]