जुम्ला । प्रेस चौतारी नेपाल जुम्ला शाखाको चौथो अधिवेशन बिहीवार सम्पन्न भएको छ । प्रेस चौतारी नेपालको चौथो अधिवेशनमा पूर्व चौतारीका अध्यक्षमा मानदत्त रावल पुनः निर्विरोध चयन भएका छन् ।
जिल्लाको चौथो अधिवेशन पनि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ ।
१५ सदस्यीय नयाँ कार्यसमितिमा रावलको नेतृत्वमा उपाध्यक्ष (खुला)सपना रावत,उपाध्यक्ष (समावेशी)मा लक्ष्मी न्यौपाने,सचीवमा कालीबहादुर परियार (केबि अछुत) सहसचिवमा दीपक बुढ्थापा (खुला) सहसचिव प्रभा भण्डारी (समावेशी) र कोषाध्यक्षमा महेश चौलागाईं चौतारीको नयाँ कार्यसमितिमा चयन भएका छन् ।
नयाँ अधिवेशनबाट चयन हुने पदाधिकारीलाई नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईं प्रेस चौतारीका संरक्षक गोर्ख बहादुर थापा लगायत एमाले निकट विभिन्न संघठनका नेतृत्वकर्ताले बधाई तथा शुभकामना ज्ञापन व्यक्त गरेका छन ।