कालिकोट । कालिकोटको महाबै गाउँपालिकाको १२औं हिउँदे गाउँ सभा सम्पन्न भएको छ। “स्वास्थ्य, कृषि, रोजगार, सडक र पूर्वाधार सुन्दर, समृद्ध र आत्मनिर्भर महाबैको आधार” भन्ने मुल नाराका साथ गाउँपालिकाको १२औं हिउँदे गाउँ सभा सम्पन्न भएको हो।
गाउँ सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) ले गरेका थिए,र उपाध्यक्ष दानसिंह सेजुवाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ई.प्रकाश बहादुर शाही को विशेष उपस्थितिमा सभा सम्पन्न भएको हो।
सभाले पाँच कार्यविधि पारित गर्दै स्थानीय विकासका नयाँ दिशाहरू तय गरेको छ। महाबै गाउँसभाले पारित गरेको कार्यविधिहरूले गाउँपालिकाको समृद्धि र सेवामा सुधार ल्याउने उद्देश्य रहेको छ ।
पाँच कार्यविधि अन्र्तरगत करार कर्मचारीहरूको सेवा सुविधासम्बन्धी कार्यविधि, ,एम्बुलेन्स सञ्चालन कार्यविधि, ,शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यविधि,,विदुर पुरुष सुरक्षा कोष कार्यविधि र अस्पताल सञ्चालन कार्यविधि, २०७९ पहिलो संशोधन २०८१ ल्याईएको हो ।
गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह ले “हामी केवल योजना पारित गरेर सीमित रहने होइन, तिनको प्रभावकारी कार्यान्वयनमार्फत महाबैलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नेछौं” भनेर आगामी विकास योजनाहरूलाई प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाउनुभयो।
विकास कार्य र खर्च विवरण महाबै गाउँपालिकाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३३ प्रतिशत बजेट खर्च गरेको जनाएको छ।