अपडेट

पेट्रोल सस्तो, डिजेल महँगोः नयाँ मूल्य देशभर लागू

  ।   १६ श्रावण २०८२, शुक्रबार ०७:३५

सुर्खेत।   नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि समायोजन गरिएको छ। भारतको भारतीय आयल कर्पोरेसन (IOC ) बाट प्राप्त नयाँ मूल्यअनुसार नेपाल आयल निगमले नयाँ खुद्रा मूल्य सार्वजनिक गरेको हो, जुन शुक्रबार राति १ बजेदेखि लागू भएको छ। नयाँ समायोजन अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ।

तीन वर्गमा विभाजन गरिएको मूल्य, नेपाल आयल निगमले देशभरको वितरण प्रणालीलाई ध्यानमा राख्दै मूल्यलाई तीन भौगोलिक श्रेणीमा वर्गीकृत गरेको छ।

पहिलो श्रेणीमा पर्ने क्षेत्रहरू — चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी — मा अब पेट्रोलको मूल्य रु। १५६.५० र डिजेलरमट्टीतेलको मूल्य रु. १४७.५० प्रतिलिटर कायम गरिएको छ।

दोस्रो श्रेणीमा सुर्खेत र दाङ परेका छन्, जहाँ पेट्रोलको नयाँ मूल्य रु. १५८, र डिजेलरमट्टीतेलको मूल्य रु. १४९ प्रतिलिटर हुनेछ।

तेस्रो श्रेणीमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्दछन्। यहाँ अब पेट्रोलको मूल्य रु. १५९ र डिजेलरमट्टीतेलको रु .१५० प्रतिलिटर पुगेको छ।
(IOC )  को मूल्यमा आधारित मूल्य निर्धारण

नेपाल आयल निगमले आफैंले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरिद नगरी भारतको IOC बाट प्रशोधित पेट्रोलियम पदार्थ किन्ने गर्छ। क्ष्इऋ ले प्रत्येक १५ दिनमा अद्यावधिक मूल्य पठाउँछ, जुन उसले अन्तर्राष्ट्रिय बजारबाट किनेको कच्चा तेल, प्रशोधन शुल्क, ढुवानी लागत, कर र अन्य खर्चलाई आधार बनाएर तय गरेको हुन्छ।

IOC  बाट प्राप्त मूल्यलाई आधार मानेर आयल निगमले नेपालमा लाग्ने भन्सार, प्रशासनिक खर्च, ढुवानी लागत, डिलर कमिसन लगायत सबै तत्वहरू समेटी उपभोक्ता मूल्य तय गर्ने गर्छ।

यही प्रक्रियाअनुसार पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य निर्धारण हुँदै आएको छ। मूल्य निर्धारणको मुख्य आधार भनेको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नै हो।

 

Next Post

ससुराली पुगेका पतिको कुकर्म: कोदालोको चोटबाट पत्नीको ज्यान गयो

१६ श्रावण २०८२, शुक्रबार ०७:३५
सुर्खेत। चथरको फालेलुङ गाउँपालिका–७ की २२ वर्षीया अनु राईको ज्यान आफ्नै श्रीमानको हिंसाबाट गएको छ। बिहीबार राति ससुराली घर पुगेका २७ वर्षीय महेन्द्र तामाङले अनुको टाउकोमा कोदालोको पासोले प्रहार गरेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो। अनु हाल फिदिम नगरपालिका–२ मा रहेको माइतीघरमै बसिरहेकी थिइन्। महेन्द्र वैदेशिक […]

सम्बन्धित शीर्षक