कर्णाली दौडिन्छ,पहिचान बोल्छ जुम्ला–रारा म्याराथन छैटौं संस्करण

  ।   २७ चैत्र २०८१, बिहीबार १४:२७

जुम्ला । कर्णालीको खेलकुद विकास, साहसिक खेल पर्यटनको प्रवर्द्धन र स्थानीय प्रतिभा पहिचानको लागि स्थापित जुम्ला–रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण यही वैशाख २७ गते आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समितिमा दर्ता भई सामाजिक तथा बालबालिकाको उत्थानमा सक्रिय पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा विकसित गर्ने, उदेश्यले आयोजना हुन लागेको यो दौड प्रतियोगिता वरिष्ठ एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायको संरक्षणमा सम्पन्न हुँदैछ ।

यसपटकको प्रतियोगिता जुम्ला-रारा अल्ट्रा म्याराथनको दूरी ५१ किलोमिटरको हुनेछ। अघिल्ला संस्करणमा ४९ किलोमिटर दूरी कायम गरिएकोमा यसपटक थप दुई किलोमिटर विस्तार गरिएको छ। सअघिल्ला वर्षहरुमा प्रत्येक नववर्षको अवसरमा पारेर वैशाख १ गते हुने यो प्रतियोगिता अबदेखि हरेक वर्ष वैशाख महिनाको अन्तिम शनिबारमा नै यो प्रतियोगिता नियमित रूपमा गरिने निर्णय आयोजकको भनाइ छ।

दौडको मार्गसमेत यस वर्ष केही परिमार्जन गरिएको छ। न्याउरीघाटदेखि मिलीचौरसम्मको रुट परिवर्तन गरिएको छ, जसले प्रतियोगितामात्र होइन, पदयात्रा प्रवर्द्धनमा समेत सहयोग गर्ने आयोजकको विश्वास छ। नयाँ रुटले स्थानीय चरन क्षेत्र, घाँसदाउरा तथा वन पैदावार उपयोगमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ। दौडको समापन रारातालको किनार हुँदै ठाकुरबाबाको मन्दिर र हुटुस्थित रारामै हुनेछ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी धावकहरूको सहभागिता अपेक्षित गरिएको छ। सार्क राष्ट्रका धावकहरूका लागि दर्ता शुल्क १४,५०० रुपैयाँ तोकिएको छ भने अन्य विदेशी धावकका लागि २०,००० रुपैयाँ तोकिएको छ। नेपाली तथा स्थानीय धावकहरूका लागि शुल्क ५,००० रुपैयाँ राखिएको छ। सहभागीलाई पार्क पर्मिट, टिसर्ट, चेष्ट नम्बर, भोजन, चेकप्वाइन्ट खाजा, रारामा बास र जुम्लासम्मको यातायातको व्यवस्था गरिनेछ। साथै, ५ किलोमिटर खुल्ला दौडमा सहभागी उद्योगी, व्यापारी तथा कर्मचारीका लागि ५०० रुपैयाँ र १९ वर्ष मुनिका विद्यार्थीका लागि १० किलोमिटर दूरीको दौडमा १०० रुपैयाँ मात्र शुल्क तोकिएको छ।

प्रतियोगितामा कुल ५ लाख ९४ हजार रुपैयाँबराबरको पुरस्कार राशी तोकिएको छ। ५१ किलोमिटर अल्ट्रा दौडतर्फ महिला र पुरुष दुबै विधामा प्रथम हुनेले एक लाख रुपैयाँसहित स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, चौथो र पाँचौँ स्थान प्राप्त गर्ने धावकहरूले २०र२० हजार रुपैयाँ, फिनीसर मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। ५ किलोमिटर खुला दौडमा क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ। १० किलोमिटर विद्यालय स्तरीय दौडतर्फ बालक र बालिका दुबै समूहमा प्रथमलाई १० हजार, द्वितीयलाई ६ हजार र तृतीयलाई ४ हजार नगदसहित पुरस्कार प्रदान गरिनेछ।

यो म्याराथन एसिया ट्रेल मास्टर्स अन्तर्गतको अन्तिम छनोट प्रतियोगिता समेत हो। गत महिनामा काठमाडौंमा सम्पन्न मञ्जुश्री ट्रेल रेसपछि यो प्रतियोगिताबाट छनोट भएका धावकहरूले आगामी सेप्टेम्बरमा भियतनामको ःग् ऋबलन ऋजबष् मा हुने एसिया ट्रेल मास्टर्सको फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताबाट संकलित दर्ता शुल्कको १० प्रतिशत रकम पर्वतीय प्रशिक्षण भवन निर्माणको लागि छुट्याइनेछ। संरक्षक हरिबहादुर रोकायले प्रदान गरेको जग्गामा उच्च स्तरीय प्रशिक्षण केन्द्रको निर्माण गरिने योजना रहेको आयोजकले जानकारी दिएको छ। यसका लागि विभिन्न निकाय, व्यक्ति तथा संस्थाहरूसँग सहयोगको अपिल समेत गरिएको छ।

प्रतियोगिताको लागि अनुमानित खर्च २५ लाख ७४ हजार रुपैयाँ रहेको छ। यसमा पुरस्कार, प्रचार–प्रसार, टी–शर्ट, चेष्ट नम्बर, स्टेज, गेट, बास र खाना व्यवस्थापन, औषधोपचार, बीमा, कर्मचारी व्यवस्थापन, रुट निर्माण तथा विविध खर्चहरू समावेश छन्। हालसम्म उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय जुम्ला, राष्ट्रिय खेलकुद परिषद् र चन्दननाथ नगरपालिकाबाट आंशिक आर्थिक स्रोत सुनिश्चित भएको र थप आवश्यक रकमका लागि स्थानीय पालिकाहरू तथा साझेदार संस्थाहरूसँग समन्वय भइरहेको आयोजकले जनाएको छ।

के-के छन् जुम्ला-रारा अल्ट्रा म्याराथनका चुनौतीहरु

आयोजकले मुख्यतः सदाको संस्मरणहरुमा आर्थिक अभाव भइरहेको बताएको छ । जिल्लाका स्थानीय तहहरुले खेल क्षेत्रलाई हेपाइको दृष्टिले हेरेको जस्तो महसुस भएको र सधैंजसो घाटामा रहेता पनि कर्णाली पहिचान र जिल्ला पहिचान बन्दै गइरहेकाले निरन्तर रुपमा आयोजना भइरहेकोु आयोजक टिम मध्येका सरोज शाहीले बताए ।

त्यस्तै हिम चितुवा उपनामले चिनिने गिनिज बुकमा नाम लेखाउन सफल्ल वल्ड रेकर्डमा विश्व कीर्तिमान गरेका अन्तर्राष्ट्रिय धावक हरि रोकायले भनेु विश्वले चिन्यो तर जिल्लाका स्थानीय तहहरुले गर्ने व्यवहारप्रति आफू दुखी भएको र जुम्ला-रारा अल्ट्रा म्याराथनलाई जिल्लाको पहिचान सम्झिनुसमेत रोकायले आग्रह गरेका छन् ।

कर्णालीको प्राकृतिक सौन्दर्य, साहसिकता र खेल पर्यटनलाई एउटै थलोको रुपमा प्रस्तुत गर्ने यो म्याराथनले देशविदेशका खेलाडी तथा पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय समुदायको सहभागिता र आर्थिक चलायमानता वृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको र खेल्ने विश्वास लिइएको छ। आयोजकले सञ्चारकर्मीलाई अनुरोध गर्दै स्थानीय तहलाई यो विषयलाई लिएर प्रश्न गर्न अनुरोध समेत गरेको छ ।

जुम्ला-रारा अल्ट्रा म्याराथन प्रत्येक वर्ष भइरहेको छ,भने यसलाई संस्कृतिको रुपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको छ ।

Next Post

कर्णालीमा पास दलित विधेयक स्वीकार्य छैन किन ?

२७ चैत्र २०८१, बिहीबार १४:२७
सुर्खेत । कर्णाली प्रदेश सरकारले पास गरेको दलित विधेयक स्वीकार्य नभएको भन्दै थप माग जारि गरिएको छ । कर्णाली प्रदेश सरकारले दलित सशक्तीकरण विधेयक २०८१ जेठ २७ गते प्रदेशसभा सतिवालयमा दर्ता गरेको हो । दलित विधेयक दर्ता पश्चात् दलित विधेयकले कर्णालीमा रहेका २९ प्रतिशत  दलित समुदायको हकअधिकार सुनिश्चित गर्न सक्दैन […]

सम्बन्धित शीर्षक