जुम्लामा जारी फुटबल तेस्रो दिन ३ खेल सम्पन्न,क्वाटर फाइनल सुरु,

  ।   २१ कार्तिक २०८१, बुधबार २०:३९

जुम्ला दलित सेवा संघ जुम्ला शाखा र जिल्लाका केही दलित युवाहरूको समन्वयमा भईरहेको जिल्ला व्यापी रुपमा दलित युवाहरूको लागि फुटबल प्रतियोगिताको आज तेस्रो दिनमा तीन खेल सम्पन्न भएका छन् ।

तेस्रो दिनको पहिलो खेल दलित सिर्जनशील युवा क्लब गर्ज्याङ्कोट र रोयल छिना युवा क्लब छिना बीच भएको थियो । उक्त खेल पेनाल्टी सुटआउट हुने पुगेको थियो । जसमा रोयल छिनाले विजय हासिल गर्न सफल भएको थियो । त्यस लगत्तै तेस्रो दिनको दोस्रो खेल जेवाइसी युवा क्लब र सिद्धगुफा युवा क्लब बीच भएको थियो जसमा जेवाइसी युवा क्लबले ३ – ०१ गोलले सिद्धगुफा युवा क्लबलाई पराजित गरेको थियो ।

तेस्रो दिनको तेस्रो खेल भने क्वाटर फाइनलको खेल सुरु भएको जसमा समाज चेतना युवा हिँयाखोला र फोईकालिका युवा क्लब देपालगाउँ बीच भएको थियो । उक्त खेलमा दुबैको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो तेस्रो दिनको लागि यो खेल निकै दर्शकहरुको निम्ति पनि रोचक बनिरहेको थियो ।

दुबै टिमका खेलहरुले राम्रो प्रदर्शन गर्न सफल भएका थिए । जुन खेलमा १-१ गोल निर्धारित समय बराबर हुन पुगेपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा समाज चेतना युवा क्लब हिँयाखोला विजय भएको छ ।

१९ गतेबाट सुरु भएको खेल २३ गतेसम्म समापन गर्ने भनेर निर्धारित समय तोकिएको छ । खेल प्रदर्शन सदरमुकाम स्थित टुडिखेल खेल मैदानमा भैरहेको छ ।

Next Post

प्रधानमन्त्री ओली द्वारा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई

२१ कार्तिक २०८१, बुधबार २०:३९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने […]

सम्बन्धित शीर्षक