प्रधानमन्त्री ओली द्वारा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई

  ।   २२ कार्तिक २०८१, बिहीबार ११:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा बधाई दिंदै लेखेका छन्, ‘राष्ट्रपतिमा पुनरागमन अमेरिकी इतहासको एक ऐतिहासिक अध्याय हो । हामी तपाईं नेतृत्वमा द्धिपक्ष सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगको बढावा दिने विश्वास व्यक्त गर्दछौं ।’

रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेट्सकी कमला ह्यारिसलाई पराजित गर्दै बुधबार ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि बुधबार नै बधाई तथा शुभकामना व्यक्त गरिसकेका छन् ।

Next Post

जुम्लामा जारि फुटबल क्वाटर फाइनल खेल सम्पन्न,भोलिबाट सेमी फाइनल खेल हुने

२२ कार्तिक २०८१, बिहीबार ११:२५
जुम्ला । दलित सेवा संघ जुम्ला शाखाको आयोजना र जिल्लाका केही युवाहरूको समन्वयमा भएको जिल्ला व्यापी दलित युवा लक्षित फुटबल खेल प्रतियोगिताको आज चौथो दिनमा चारवटा खेल सम्पन्न भएका छन् । चौथो दिनमा चारवटा खेल आज क्वाटर फाइनल खेल भएका छन् । जसमध्ये पहिलो खेल जयबाबिरा युवा क्लब सिंगाचौर र […]