सुनको मुल्य बिहीबार २ सय रुपैयाँले घट्यो

  ।   २९ चैत्र २०८०, बिहीबार १४:४५

काठमाडौँ । केही दिनदेखि उकालो लागेको सुनको मुल्य बिहीबार भने घटेको छ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ६ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३६ हजार एक सय ५० रुपैयाँमा कारोबार भएकामा आज १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज लागि पनि त्यही भाउमै किनबेच भइरहेको महासंघले जनाएको छ ।

Next Post

जुम्लामा मरेको भेडाको मासु खाँदा ६ जना बिरामी

२९ चैत्र २०८०, बिहीबार १४:४५
कालिकोट। जुम्लामा मरेको भेडाको मासु खाँदा ६ जना बिरामी भएका छन् । वनमा पलाउन लागेको विष खाएर मरेको भेडाको मासु खाँदा तीन महिला र तीन पुरुष गरि एउटै परिवारका ६ जना बिरामी भएका हुन् । गुठिचौर गाउँपालिका ४ थामबाडामा मरेको भेडाको मासु खाँदा एकै घरका छ जना बिरामी परेको कर्णाली […]