सुर्खेत। नेपाली शेयर बजारले बुधबार फेरि उल्लेखनीय उचाइ हासिल गर्दै झन्डै चार वर्षयताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३०।७६ अंकले उकालो लाग्दै ३,०२।०७ विन्दुमा पुग्यो, जुन पछिल्लो चार वर्षमा देखिएको सबैभन्दा उच्च स्तर हो।
यसअघि, सन् २०२१ को भदौ १३ गते (२०७८ साल) नेप्से ३,०४५ अंकमा पुगेको थियो। त्यही वर्षको भदौ २ गतेको ३,१९८ विन्दुले भने हालसम्मकै कीर्तिमान कायम गरेको छ। आजको बजारमा विकास बैंक, फाइनान्स र व्यापार बाहेक अन्य सबै उपसमूहमा हरियाली छाएको छ। विशेष गरी ‘अन्य समूह’ अन्तर्गतका शेयरमा २।५८ प्रतिशतको वृद्धिले बजारमा उत्साह थपेको छ।
१० प्रतिशतले उफ्रिएका कम्पनीहरू मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नदीप लघुवित्त कम्पनीका शेयरहरूमा आज १० प्रतिशतसम्मको वृद्धि देखिएको छ। यता, समग्र बजार वृद्धि भए पनि समता घरेलु लघुवित्त कम्पनीको शेयर भने ८।५ प्रतिशतभन्दा बढीले घटेको छ।
व्यापार रकम घटे पनि पूँजीकरण नयाँ उच्चता बजार उकालो लागे पनि कारोबार रकममा भने गिरावट देखिएको छ। हिजो १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२१ कम्पनीका ४ करोड १८ लाख कित्ता शेयर किनबेच हुँदै जम्मा १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार मात्र भयो।
यद्यपि, बजार पूँजीकरणमा नयाँ कीर्तिमान कायम भएको छ। लगानीकर्ताको कुल सम्पत्ति ९बजार पूँजीकरण० बढ्दै हालसम्मकै उच्च ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ, जसले बजारमा नयाँ आत्मविश्वास भरिदिएको छ।
लगातारको सकारात्मक धार र उच्च सूचकले नेपाली शेयर बजारमा नयाँ उत्साह र सम्भावनाको संकेत दिएको छ। लगानीकर्ताहरूको भरोसा बलियो बन्दै गएको बेला, आगामी दिनहरूमा बजार अझ स्थिरता र वृद्धितर्फ अग्रसर हुने अपेक्षा गरिएको छ।







