काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले युवाको नेतृत्व स्थापित गर्दै मुलुकको संवैधानिक तथा अर्थ–राजनीतिक संकट समाधानको स्पष्ट नीति तय गर्नुपर्ने बताएका छन्।
सभापति गगन थापासँगको तस्बिर सार्वजनिक गर्दै हमालले महाधिवेशनको सफलताको शुभकामना दिएका हुन्। उनले महाधिवेशनले युवाको वर्चस्व कायम गर्दै देशलाई वर्तमान संकटबाट निकास दिने संकल्प र नीति पारित गर्नुपर्नेमा जोड दिएका छन्।
“महाधिवेशनले युवाहरूको वर्चस्व कायम गरोस्, संवैधानिक र अर्थ राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्ने संकल्प र नीति पास गरोस्,” हमालले भनेका छन्।






