कालिकोट । २०८१ मंसिर ११ गते देखि १७ गतेसम्म कालिकोट महोत्सव लाग्ने भएको छ । उद्योग वाणिज्य संघ कालिकोटले आईतबार जिल्ला सदरमुकाम मान्ममा एक कार्यक्रमका बिच ब्यानर सार्वजनिक गरेको हो ।
संघका अध्यक्ष रतनबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य हिक्मत बिष्ट, पुर्व मन्त्री कुर्मराज शाहीको बिशेष आतिथ्यता र विभिन्न राजनिती दलहरूको सहभागीतामा ब्यानर सार्वजनिक गरिएको हो ।
समृद्ध कालिकोटको प्रमुख आधार, व्यापार, कृषि, पर्यटन, संस्कृति, उधोग र पुर्वाधार भन्ने. मुल नाराका साथ व्यानर सार्वजनिक गरिएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीका अनुसार महोत्सवको तयारी केही समय अगाडी गरेपनि आज ब्यानर सार्वजनिक गर्ने मौका जुरेको बताउनुभयो । शाहीका अनुसार रंग र रमाईलोको लागि मात्र नभएर कालिकोटको मुख्य विकास र सम्वृद्विको आधार जडिबुटी , पर्यटकिय क्षेत्रको प्रचारप्रसार हुन नसकेको र लोप हुदै गएका रितिरिवास चालचलन र नयाँ पन दिनका लागि महोत्सव संचालन गर्न लागिएको बताउनुभयो ।
कालिकोटमा उत्पादन हुने तर, प्रचारप्रसारमा नआउने उद्योग नचलेर बन्द भएका उद्योग हरूको निरन्तरताको लागि पनि महोत्सव आयोजनाको जरुरत रहेको बिशेष अथिती पुर्व कृषि मन्त्रि एमाले नेता कुर्मराज शाहीले बताउनुभयो । महोत्सवले रितिरिवाज, प्रयटकिय क्षेत्र संगै जडिबुटी , बिश्वमै लोपोन्मुख रेडपाण्डा लगायतको प्रचारप्रसार हुनुपर्ने सुझाव दिनुभयको छ ।
बिशेष अथिती प्रदेश सभा सदस्य माननिय हिक्मत बिष्टले महोत्सव संचालन गर्न चुनौती सगै समस्या रहेको तर, चुनौतिको सामान गर्न आयोजक वाणिज्य संघ मात्र होईन हामी सबैको दायित्व र निरन्तर कालिकोटको बिकास, अर्थतन्त्र चलाएमान बनाउन लागीरहने बताउनुभयो ।
ब्यानर उद्घाटनमा प्रमुख अथिती प्रदेश सभा सदस्य माननिय दुर्गबहादुर रावतले महोत्सव रमाईलो र रंगका लागि मात्र होईन यस महोत्सव केही न केही यो कालिकोटको पहिचान बनाउन सफल हुनु पर्ने बताउनुभयो । महोत्सवमा कालिकोटको मुख्य उद्पादन लाई चिनाउन, थुप्रै प्रयटकिय क्षेत्रलाई देश बिदेश सामु चिनाउन महत्त्वपूर्ण हुनेमा बिश्वास व्यक्त समेत गर्नुभयो।
सरकारी अनुदानका भरमा संचालन गरिएका पनि उद्योग छन तर, तिनिहरूको पनि अवस्था बारे केछ भन्ने बारे महोत्सवले पहिचान गर्ने छ ।साथै महोत्सवमा भलिबल प्रतियोगिता समेत हुने अध्यक्ष शाहीले बताउनुभयो । भलिबल खेल गर्ने तयारी रहेको बताउनुभयो । सो कार्यक्रममा नेकपा माओवादी केन्द केन्द्रीय सदस्य गंगा खड्का, नेकपा एमालेका नेता ऐनबहादुर शाही एकीकृत समाजवादीका जिल्ला अध्यक्ष चित्रसिंह गाउँले, नेपाली कांग्रेसका युवा नेता सविन विष्ट, राप्रपाका उपाध्यक्ष माधव उपाध्याय लगायतले पार्टीको तर्फबाट प्रतिवद्वताका साथ शुभकामना मन्तव्य राखेका थिए ।