अपडेट

स्वास्थ्यकर्मी संघको ३४ औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

  ।   २४ जेष्ठ २०८२, शनिबार १४:३५

सुर्खेत । नेपाल स्वास्थ्यकर्मी संघको ३४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । ३४ औं स्थापना दिवसको अबसरमा सनिवार प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा करिब १५ जनाले रक्तदान गरेका हुन ।

‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले प्रेरित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका हुन कार्यक्रममा स्वास्थ्यकर्मी स्वास्थ्य सेवा तथा पद प्रतिष्ठानको सम्मान सहित सुभकामना आर्दान प्रदान गरिएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश सभा सदस्य माननीय जानकि सिंह, बिशेष अतिथि कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. केशर ढकाल, अतिथि स्थानीय तह कर्मचारी यूनियन नेपालका केन्द्रीय सचिव नारायणप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन काँग्रेस सुर्खेतका अध्यक्ष बिमल पोख्रेल, नेपाल चिकित्सक संघ सुर्खेका अध्यक्ष डा.बिकास के.सी, नर्सिङ्ग प्रमुख सकुन्तला सापकोटा, बिष्णु गुरुङ्ग,खुमा भट्टराई लगाएत स्वास्थ्यकर्मीहरुको उत्साह जनक सहभागिता रहेको थियो ।

प्रमुख अतिथी माननीय सिंहले मन्तव्य राख्दै स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन र प्रदेश नेजामति ऐनले अधिकांस स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सेवाको वृत्ति बिकासमा पुग्न गएको असरलाई प्रदेश सरकार र नेपाल कांग्रेस संसदीय दलका नेता लगाएत हामि प्रदेश सभा सदस्यहरु पनि चिन्तित भएको बताउनु भयो । सबैले साझा समस्या के के हुन् हाम्रो दलको नेतालाई दिनुहोस् हामि दलमा छलफल गरेर ७२ घण्टा भित्र संशोधन प्रस्ताव पेश गर्छौ र कर्मचारको वृत्ति विकास लाई रोक्ने होईन झन् हौसला प्रदान गरि नागरिकहरुलाई गुणस्तरीय सेवा दिन उत्प्रेरित गराउन आफू र आफ्नो दल निरन्तर सदनमा आवाज उठाउँदै आईरहेको बताउनु भयो ।

स्थानीय तह कर्मचारी यूनियन नेपालका केन्द्रीय सचिव भट्टराईले अहिलेको परिस्थितिमा स्वास्थ्यकर्मी र कर्मचारीहरुले हाम्रो सरकार छ र हामि सुरक्षित हुनसक्छौं भन्ने विश्वास नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो कतिपय स्थानीय तहमा हाम्रो पार्टीको नेतृत्वमा सरकार छ ,  प्रदेशमा मन्त्री र संघीय मन्त्रीहरु भएतापनि आफ्नैबाट कर्मचारी पेलानमा परेको यसबाट गुणस्तरीय सेवा प्रवाह हुन्छ ? अनि कसरी कर्मचारीहरु क्रियाशील हुन्छन् ? कतै स्वास्थ्यकर्मी कुटियका छन् भने कतै वडा सचिव कुटिएका छन्। यसको वकालत वा साथ पार्टीको नेतृत्वले दिनुपर्छ कि नाई ? जव सम्म आफ्नो नातागोता र आसेपासेलाई अवसर दिएर क्रियाशील र काम प्रति बफादार कर्मचारीहरुलाइ  फरक दृष्टिकोणबाट हेरिन्छ भने संगठन अझ झन विलय भएर जाने सम्भावना बढि रहेको बताउनुभयो ।

नेपाल स्वास्थ्यकर्मी संघ सुभेच्छुक संस्था हो कार्यक्रममा कम सहभागिता हुनुको रहस्य पनि पत्ता लगाउनुपर्ने बताउनुभयो । त्यसैले मेरो तेरो उसको भन्ने भावनको अन्त्य गरि हामि र हाम्रो भनौ व्यवहारमा पनि गरौं हिजोको उत्साह जनक सहभागिता भोलि पनि हुने बताउनुभयो ।

तेस्तै कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेत जिल्ला अध्यक्ष उदयबहादुर थापा क्षेत्रीले हामि फुटेर होईन जुटेर एक ढिक्का भएर सांगाठानिक गतिविधि अगाडी बढाउनु पर्छ यहाँ मेरो तेरो भनेर स्वास्थ्यकर्मीहरुलाई पुर्वाग्रही दंगबाट पार्टी र सरकारमा रहेका माननीय मन्त्रीहरुले  हेर्ने दृष्टिकोणलाई नसच्याए भोलिको दिनमा ठुलो समस्या व्यहोर्नुपर्ने र कुनै गतिबिधि गर्दा बिधि र बिधानमा रहेर काम गर्ने बताउनु भयो ।

 

Next Post

कर्णालीको पशुपन्छी विकास निर्देशनालयमा करोडौं अनुदान तर लेखाजोखा छैन

२४ जेष्ठ २०८२, शनिबार १४:३५
सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी विकास निर्देशनालयले कार्यविधि उल्लंघन गर्दै शीर्षकबाहिरको समूहलाई भैँसी खरिद अनुदान दिएको खुलासा भएको छ। महालेखापरीक्षकको सातौँ वार्षिक प्रतिवेदनले कानुनविपरीत खर्च भई छानबिन आवश्यक रहेको उल्लेख गरेको छ। निर्देशनालयले आर्थिक वर्ष २०८०/८१ मा ‘जनचेतना गाई-भैँसी पालन समूह’ नामक समूहलाई ५० […]