भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

  ।   ११ कार्तिक २०८१, आईतवार २२:०३

काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १ -१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन । त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।

नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।

Next Post

संसद् खोज पत्रकारिताको नियमित स्रोत : उपसभामुख न्यौपाने

११ कार्तिक २०८१, आईतवार २२:०३
सुर्खेत । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले संसद् खोज पत्रकारिताको नियमित स्रोत भएको बताएकी छन् । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतद्वारा सोमवार वीरेन्द्रनगरमा आयोजित ‘दुई दिने क्षमता अभिवृद्धि’ तालिमको उद्घाटन गर्दै उपसभामुख न्यौपानेले संसद्मा समाचारका लागि तमाम् विषय हुने र पत्रकारले तिनको उत्खनन गर्न सक्नुपर्ने धारणा राख्नुभएको हो । […]