अपडेट

बसको ठक्करबाट मोटरसाइकल दुर्घटना एक घाइते

  ।   २३ आश्विन २०८१, बुधबार १६:१०

बाँके । काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको बसले कोहलपुरमा बसले ठक्कर दिदा मोटरसाइकल दुर्घटना भएको छ । कोहलपुर नगरपालिका–१० स्थित हाइस्कुलमा काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले  जानकारी दिए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक खजुरा गाउँपालिका–२ घर भएका २१ वर्षीय तेज विक्रम मल्ल घाइते भएका छन् ।

बस चालक बर्दियाको गेरुवा गाउँपालिका–३५ घर भएका गङ्गाराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।

Next Post

यो वर्षमा अहिलेसम्म जुम्लाबाट ३८ करोड रुपैयाँबराबरको स्याउ बिक्री

२३ आश्विन २०८१, बुधबार १६:१०
जुम्ला । यो वर्षको अहिलेसम्म जुम्लाबाट ३८ करोड रुपैयाँबराबरको स्याउ बिक्री भएको छ । यस वर्ष यहाँ १४ हजार टन स्याउ उत्पादन हुने अनुमान गरिएको थियो । अहिलेसम्म ५ हजार आठ सय टन बाहिरी जिल्लामा निर्यात हुँदा ३८ करोड १० लाख रुपैयाँ जुम्लामा भित्रिएको छ । यो वर्ष ४० करोडबराबरको […]