अपडेट

कर्णाली राजमार्ग निकै साँघुरो मानिने सो खण्ड फराकिलो बनाउ ठाँउ-ठाँउमा डबल कटिङ सुरु

  ।   ३० बैशाख २०८२, मंगलवार २०:२५

जुम्ला । कर्णाली राजमार्गको कालीकोट र दैलेखको सीमानाका दहीखोला–खुलालुखण्डलाई फराकिलो बनाउन डबल कटिङ गर्न थालिएको छ ।

निकै साँघुरो मानिने सो खण्ड फराकिलो बनाउने काम थालिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दहीखोलादेखि खुलालु कर्णाली कोरिडोर क्षेत्र र जुम्ला सडकको करिब तीन किलोमिटरमा फराकिलो बनाउने काम भइरहेको छ । डिभिजन प्रमुख दीपेन्द्र चौधरीले तीन किलोमिटरको डबल कटिङको लक्ष्य लिएकाले सोही अनुसार काम भइरहेको जानकारी दिए । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी प्रदीपकुमार चौधरीले सो क्षेत्रको सडक डबल कटिङ गर्नका लागि १० करोड बजेट विनियोजन भएकोमा पहिलो चरणमा पाँच करोडको ठेक्का आह्वान गरी काम थालिएको जनाउनुभयो ।

सोही बजेटमा रही घटिघटाउमा तीन करोड ५० लाखको कामका लागि सम्झौता भएको छ । यसै गरी पाँच करोड पुरानो ठेक्काका लागि रकम खर्चिने छ । उहाँले सो क्षेत्रको सडक नौ मिटर चौडाइ बनाउन कटिङ भइरहेको छ । सड्क डिभिजनका अनुसार सो कार्यका लागि गुरा सेवा निर्माण व्यवसायीले जिम्मा लिएको छ । निकै कठिन मानिने सो क्षेत्रमा सडक डबल कटिङ, स्ट्रक्चर बनाउने काम भइरहेको छ । कार्यालयका अनुसार कर्णाली राजमार्ग नाग्म–जुम्ला खण्डमा समेत मर्मत भइरहेको छ । सो खण्डका लागि १० करोड बजेटमा काम गर्न सम्झौता भएको छ । डिभिजन कार्यालयले कालीकोट र जुम्लाको सीमा नाग्मदेखि जुम्ला सदरमुकामसम्म फराकिलो बनाउने काम भइरहेको छ ।

रोकियो कालोपत्रे

यसैबिच कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी राजमार्गमा पर्याप्त बजेट नहुँदा जहिले पनि समस्या भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्लाले बजेट माग गरेको छ तर समयमा बजेट नआएका कारण काम प्रभावित भएको छ । बजेट अभावले नाग्म–गमगढी राजमार्ग कालोपत्रे पूरा हुन सकेको छैन । कालोपत्रेका लागि कार्यालयले ३५ करोड बजेटको अनुमान गरेको छ । सो राजमार्ग अन्तर्गत करिब साढे छ किलोमिटर कालोपत्रे भए पनि अन्य सडक बजेट अभावले यो वर्ष पनि कालोपत्रे हुन नसक्ने कार्यालयले जनाएको छ ।

यो पनि :

कर्णाली राजमार्गको दैलेख रामाघाट–साई खण्ड निर्माण हुदैँ सवारी आवागमन १५ दिनका लागि बन्द

 

Next Post

अनेमस समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्धघाटन

३० बैशाख २०८२, मंगलवार २०:२५
सुखेत । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्धघाटन भएको छ । राज्यको सम्पुर्ण क्षेत्रमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरौं भन्ने मुल नाराका साथ प्रदेशको प्रथम अधिवेशन देबि ओलिको अध्यक्षता र  चन्द बहादुर शाहीको प्रमुख आथित्यतामा उद्धघाटन भएको हो । पार्टी केन्द्रय […]