आज देशका केहि ठाउँका स्थानमा वर्षा

  ।   २० कार्तिक २०८१, मंगलवार ०७:२७
Transparent umbrella under rain against water drops splash background. Rainy weather concept.

काठमाडौं । आज देशका थोरै ठाउँका स्थानमा वर्षा भइरहेको छ । पहाडी भू-भागका एकरदुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका विभिन्न ठाउँमा सोमबार पनि वर्षा भएको थियो ।

मंगलबार पनि देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

Next Post

जुम्लामा जारी दलित युवा फुटबल प्रतियोगिताको दोस्रो दिनमा ४ खेल सम्पन्न

२० कार्तिक २०८१, मंगलवार ०७:२७
जुम्ला । जुम्लामा जारी दलित युवाहरू बीच खुला फुटबल प्रतियोगिताको आज दोस्रो दिनमा चारवटा खेल सम्पन्न भएका छ । दोस्रो दिनको पहिलो खेल जयबाबिरा युवा क्लब र मष्टो युवा क्लब बीच भएको थियो । उक्त खेलमा मष्टो युवा क्लबलाई १ गोलले जयबाबिरा युवा क्लबले जित आफ्नो हातमा पारेको थियो । […]