जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । मतदाता नामावलीमा चलखेल भएको भन्दै प्रेस युनियन जुम्लाका अध्यक्षको नेतृत्वमा पत्रकार महासंघमा तालाबन्दी गरिएको हो ।
त्यस्तै सोही विषयलाई लिएर शुक्रवार राती १० बजे नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशन गरेको थियो ।
प्रेस युनियनको तालाबन्दीले २२ गते तय गरिएको महासंघको मतदान कार्यक्रम लगायत निर्वाचन तालिका रद्द हुने सम्भावना देखिन्छ ।