कालिकोट । स्व. पुरमल शाही प्रथम स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०८१ आज समापन भएको छ । प्रथम स्मृति कप पुरुष भलिबल प्रतियोगिता खाँडाचक्र नगरपालिका- ६ ले हात पारेको हो।
जिल्लाको खाँडाचक्र नगरपालिका – ३ ताडिमा मंगलबार देखि सुरु भएको स्वर्गीय पुरमल शाही प्रथम स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी खाँडाचक्र नगरपालिका -६ ले हात पारेको छ ।
साबिक मान्म गाबिस उप प्रधान एब समाजसेवी स्वर्गीय पुरमल शाही को सम्झनामा मिति २०८१ असोज २२ गते देखि २४ गते सम्म जनजीवन माबी ताडिमा भएको हो । सो खेल खाँडाचक्र नगरपालिका स्तरिय ११ वडा बाट प्रतिनिधित्व गरि १२ वटा टिम दर्ता भएका हुन ।
प्रथम पुरमल स्मृति पुरुष भलिबल खेल प्रथम खाँडाचक्र नगरपालिका ६ ले हात पारे सगै बिजेताले ३० हजार नगद ट्रफी ,मेडल , प्रमाणपत्र पाएकाका हुन ।
तेस्तै उपबिजेता खाँडाचक्र नगरपालिका -५ भएको छ । उपबिजेताले २० हजार नगद ट्रफी ,मेडल , प्रमाणपत्र पाएका हुन । कार्यक्रममा उत्कृष्ट खेलाडीमा डिल बहादुर शाही भएका छन । उनलाई नगद पुरस्कार समेत दिएको छ ।
समापन कार्यक्रममा प्रमुख अथिती खाँडाचक्र नगरपालिका -४ का वडा अध्यक्ष प्रभानन्द आचार्यले खेल क्षेत्रलाई स्थानीय सरकारको खास्सै तेति चासो नराखेको र सबैले चासो राख्नुपर्ने बताउनुभयो ।
ताडिको प्राविधिक व्यवस्थापनमा नगर प्रमुख कमल बहादुर शाहीले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको संचालन संयोजिक लक्ष्मण कुमार शाहीले गरेका हुन ।