विक्रम तिरुवा सलिन
जुम्ला । जुम्लाको डलिगाट खोलामा निर्माणाधिन कल्भट पुल भत्किदा एक जनाको निधन भएको छ ।
मृत्यु हुनेमा पातारासी गाउँपालिका ०१ का स्थानीय
अन्दाजी ५४ वर्षका रन बुढाको घटनास्थलमै मृत्यु भएको हो । पुल भत्किदा काम गर्ने तीन जना समेत घाइते भएका छन।
पातारासी गाउँपालिकाका सूचना अधिकारी दानबहादुर विष्टका अनुसार पातारासी गाउँपालिका १ डलिगाट खोलामा निर्माणाधिन पुलको ढलान गुणस्तरीय हीन भएको भन्दै उक्त पुल भत्काउन लागिएको थियो । सोही पुल भत्काउने काम गर्ने क्रममा उक्त घटना घटेको बताउनुभयो ।