अपडेट

अध्यक्ष पदका उम्मेदवार न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै बमलाई समर्थन गर्ने घोषणा

  ।   १९ श्रावण २०८३, मंगलवार ०६:३५

सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भक्तिप्रसाद न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिँदै अध्यक्षका अर्का उम्मेदवार मानव बमलाई समर्थन गर्ने घोषणा गरेका छन्।

न्यौपानेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको वक्तव्यमा उम्मेदवारी घोषणा गरेदेखि आफूलाई साथ, सहयोग, समर्थन र सहानुभूति प्रदान गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले पत्रकार, शुभचिन्तक, आफन्त, कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रदेश तथा जिल्ला इन्चार्ज, सह–इन्चार्ज,प्रदेश तथा जिल्ला अध्यक्ष लिलाराज उपाध्याय, कर्ण मल्ल, मोहनप्रकाश आचार्य, अम्मराज बराल लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।

न्यौपानेले वर्तमान राष्ट्रिय परिस्थिति र निर्माण व्यवसायी क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै अब युवा पुस्ताले नेतृत्व सम्हाल्ने र जिम्मेवारी बहन गर्ने समय आएको उल्लेख गरेका छन्। यही सोचका साथ आफूले अध्यक्ष पदका उम्मेदवार मानव बमलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

उनले महासंघको एकता, सहकार्य र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आफ्नो निर्णय लिएको उल्लेख गर्दै आगामी नेतृत्वले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा महासंघलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

न्यौपानेले अन्त्यमा आफूलाई विश्वास र साथ दिने सबैप्रति पुनः आभार व्यक्त गर्दै कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अधिवेशन सफलताको शुभकामना समेत दिएका छन्।

Next Post

कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा मानव बम निर्विरोध

१९ श्रावण २०८३, मंगलवार ०६:३५
७ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकांश पदाधिकारी सर्वसम्मत, वरिष्ठ उपाध्यक्ष र महासचिव पद भने रिक्त सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयन भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न महासङ्घको ७ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन बाट अध्यक्ष पदमा मानव बम निर्विरोध निर्वाचित भएका […]