सुर्खेतमा रास्वपा ‘परिवर्तन उद्घोष सभा’ मार्फत वाचापत्र सार्वजनिक

  ।   ७ फाल्गुन २०८२, बिहीबार ०९:३८

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज सुर्खेतमा भव्य चुनावी सभा आयोजना गर्दै आफ्नो आधिकारिक वाचापत्र सार्वजनिक गर्ने भएको छ।

पार्टीका अनुसार सुर्खेतस्थित घण्टाघर चोक मा मध्यान्ह १२ बजे ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरिनेछ। सोही सभामार्फत पार्टीले आसन्न निर्वाचनका लागि तयार पारेको नीति, कार्यक्रम र प्राथमिकताहरू समेटिएको वाचापत्र सार्वजनिक गर्ने जनाएको छ।

सभालाई पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाह ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनीहरूले समसामयिक राजनीतिक अवस्था, सुशासन, विकास र रोजगारीका विषयमा पार्टीको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

यसअघि रास्वपाले बुधबार धनगढीमा पनि ‘परिवर्तन उद्घोष सभा’ सम्पन्न गरिसकेको छ। पार्टीले आगामी निर्वाचनमा नयाँ राजनीतिक एजेन्डा र वैकल्पिक सोचसहित मतदातासामु प्रस्तुत हुने दाबी गरेको छ।

सुर्खेतमा आयोजना हुन लागेको यो सभा आगामी निर्वाचनका लागि कर्णाली प्रदेशमा रास्वपाको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।

Next Post

भोकमरी र गरिबी अन्त्य गर्ने उद्घोष सहित रास्वपाको ‘बाचापत्र’ सार्वजनिक

७ फाल्गुन २०८२, बिहीबार ०९:३८
कर्णाली  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेश केन्द्रित ‘परिवर्तन उद्घोष सभा’मार्फत आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गरेको छ। वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा आयोजित सभामा पार्टी नेतृत्वले लोकतन्त्रको रक्षा, स्थिर सरकार, सुशासन र कर्णालीको समग्र विकासलाई मुख्य प्राथमिकताका रूपमा अघि सारे। लोकतन्त्र जोगाउने शक्ति जनता नै : […]