कर्मचारी मिलन केन्द्र कालिकोटले न्यानो काखसमाज लाई खाद्यान्न सहयोग

  ।   २३ भाद्र २०८१, आईतवार ०९:२७

कालिकोट । निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र कालिकोटले न्यानो काखसमाज संस्था लाई खाद्यान्न सहयोग गरेको छ। आमा–बुबा गुमाएका अनाथ तथा सहाराविहीन रहेका बालबालिकालाई २१ औं निजामती सेवा दिवसको अवसरमा खाद्यान्न सहयोग गरिएको हो ।

कर्मचारी मिलन केन्द्र कालिकोट अध्यक्ष कमल राज पाण्डेलेका अनुसार व्यावसायिक र सिर्जनशील प्रशासन बिकास ,समृद्धि र सुशासन भन्ने मूलनाराका साथ २१ औं निजामती सेवा दिवसमा,प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपाली, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोटका प्रमुख कमलराज पाण्डे लगाएतका कर्मचारीहरुको उपस्थितीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।

न्यानो काखसमाज संस्थालाई १६ बोरा चामल, ४ पेटी तेल, २ बोरा दाल, ४ केजी चना, २ पेटी साबुन ,४ केजी चिउरा , ३ केजी स्याउ, एउटा स्पिकर लगाएत सामान हस्तान्तरण गरिएको हो ।

न्यानो काखसमाज संस्था कि संचालक कल्पना मल्लले सहयोग गर्ने कर्मचारी मिलन केन्द्र लगायत सम्पूर्ण टिमहरूलाई धन्यवाद दिदैँ आगामि दिनमा अन्य सहयोगको लागि अपेक्षा रहेको बताउनु भयो ।

Next Post

गए राति पहिरोमा पुरिएर वडासदस्यसहित दुईजना बेपत्ता

२३ भाद्र २०८१, आईतवार ०९:२७
जाजरकोट। पहिरोमा पुरिएर वडासदस्यसहित दुईजना बेपत्ता भएका छन । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन । गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर […]