गए राति पहिरोमा पुरिएर वडासदस्यसहित दुईजना बेपत्ता

  ।   २३ भाद्र २०८१, आईतवार ०९:४८
फाईल तस्बिर

जाजरकोट। पहिरोमा पुरिएर वडासदस्यसहित दुईजना बेपत्ता भएका छन । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन ।

गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिनुभयो । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उहाँले बताउनुभयो ।

Next Post

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोतिबिन्दुको शल्यक्रिया सेवा

२३ भाद्र २०८१, आईतवार ०९:४८
जुल्ला । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोतिबिन्दुको शल्यक्रिया सुरु भएको छ । प्रतिष्ठानमा पहिलो पटक यस सुरु भएको हो । अब सधैँ मोतिबिन्दुको शल्यक्रिया गर्ने गरी प्रतिष्ठानमा यसको सुरुवात भएको प्रतिष्ठानमा उपकुलपति चिकित्सक मंगल रावलले बताउनुभयो। पहिलो पटक ४० जना मोतिविन्दुका बिरामीहरुको चिकित्कसहरु बिश्वराज तिमिल्सिना र चिकित्सक प्रकाश बम ठकुरीले […]