अपडेट

स्वास्थ्य कार्यसम्पादनमा ऐतिहासिक सफलता चन्दननाथ सबैभन्दा अघि!

  ।   २९ भाद्र २०८२, आईतवार ०९:०४

जुम्ला। जिल्लाका आठ स्थानीय तहमध्ये स्वास्थ्य सेवा कार्यसम्पादन तथा व्यवस्थापनमा चन्दननाथ नगरपालिका प्रथम बनेको छ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार, आर्थिक वर्ष ०८१/८२ मा स्वास्थ्य सेवा प्रवाह, कार्यसम्पादन र व्यवस्थापनका सूचकमा गरिएको मूल्यांकनमा चन्दननाथ नगरपालिकाले ८३ अंक प्राप्त गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेको हो। उत्कृष्ट कार्यसम्पादनका लागि जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्र महतलाई प्रशंसा पत्र प्रदान गरेका छन्।

स्वास्थ्य सेवामा सिंजा गाउँपालिका ८१.६ अंकसहित दोस्रो स्थानमा रह्यो। तातोपानी गाउँपालिका ७७ अंकसहित तेस्रो, कनकासुन्दरी गाउँपालिका ७६.६ अंकसहित चौथो, हिमा गाउँपालिका ६८.६ अंकसहित पाँचौं, तिला गाउँपालिका ६३.६ अंकसहित छैटौं, र गुठीचौर गाउँपालिका ५८.६ अंकसहित सातौं स्थानमा परे।

यस वर्षको मूल्यांकनमा पातारासी गाउँपालिका सबैभन्दा कमजोर ठहरियो। यसले जम्मा ५३.२ अंक प्राप्त गर्न सकेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। चन्दननाथले स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्यकर्मी व्यवस्थापन, मातृशिशु स्वास्थ्य, औषधि आपूर्ति र आधारभूत स्वास्थ्य पूर्वाधार सुधारमा राम्रो प्रगति गरेको कार्यालयले जनाएको छ।स्वास्थ्य सेवामा सिंजा गाउँपालिका ८१.६ अंकसहित दोस्रो स्थानमा रह्यो। तातोपानी गाउँपालिका ७७ अंकसहित तेस्रो, कनकासुन्दरी गाउँपालिका ७६.६ अंकसहित चौथो, हिमा गाउँपालिका ६८.६ अंकसहित पाँचौं, तिला गाउँपालिका ६३.६ अंकसहित छैटौं, र गुठीचौर गाउँपालिका ५८.६ अंकसहित सातौं स्थानमा परे।

यस वर्षको मूल्यांकनमा पातारासी गाउँपालिका सबैभन्दा कमजोर ठहरियो। यसले जम्मा ५३.२ अंक प्राप्त गर्न सकेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। चन्दननाथले स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्यकर्मी व्यवस्थापन, मातृशिशु स्वास्थ्य, औषधि आपूर्ति र आधारभूत स्वास्थ्य पूर्वाधार सुधारमा राम्रो प्रगति गरेको कार्यालयले जनाएको छ।

Next Post

जेन-जी आन्दोलन : मृत्यु संख्या ७२ पुग्यो, सयौं घाइते उपचाररत

२९ भाद्र २०८२, आईतवार ०९:०४
काठमाडौं । देशभर भइरहेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा सहभागी र सुरक्षा निकाय दुबै पक्षमा ठूलो जनधनको क्षति भएको छ। आन्दोलनकारीतर्फ मात्र ५९ जनाको मृत्यु भएको छ भने प्रहरीले पनि तीन जना सुरक्षाकर्मी गुमाउनुपरेको छ। यससँगै हालै […]