कर्णालीमा सडक सहित विद्युत सेवा अवरुद्ध

  ।   २४ असार २०८१, आईतवार १८:००
फाइल फोटो

कालिकोट । कर्णाली प्रदेशमा आइतवार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेतको लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत तारमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, माथिल्लो कर्णालीका जिल्लाहरू कालिकोट , जुम्ला र मुगु समेतका सेवाग्राहि विद्युत विहीन बनेका छन ।

विद्युत तार बनाउन अझै केही समय लाग्ने विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले बताउनु भयो ।

तेस्तै कालिकोटको एस मोड नजिकै पहिरोले पोल ढलेको र हुल्म नजिकै पहिरोले सडक अवरुद्ध हुँदा गाडी नचल्दा आवाज जावतमा समस्या हुँदा नयाँ पोल हाल्नु पर्ने हुन सक्ने र सडक खुल्ला नभए सम्म विद्युत अवरुद्ध हुने मर्मत लाइन प्रमुख जय प्रसाद पाण्डेले बताउनु भयो ।

Next Post

अविरल वर्षाका कारण विपदमा परेर देश भर हालसम्म ७० जनाले ज्यान गुमाए

२४ असार २०८१, आईतवार १८:००
काठमाडौँ । अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विपदमा परेर देश भरि हालसम्म ७० जनाले ज्यान गुमाएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु भएको जानकारी दिए। ‘बाढी पहिरोमा ८६ जना घाइते र पाँच जना बेपत्ता […]