सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) ले ४ दशमलब ६ प्रतीशत केन्द्रीय कमिटीमा दलित समुदायको प्रतिनिधित्व रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय बैठकले २ सय ५१ केन्द्रीय सदस्य मनोनितमा १६ जनालाई दलित समुदायबाट मनोनित गरेको हो ।
केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश प्रचार विभाग प्रमुख वसन्त कुमार विश्वकर्माले बैठकले २ सय ५१ केन्द्रीय सदस्य मनोनितमा नेकपा ( एकीकृत समाजवादी ) को दशौ राष्ट्रिय महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा गणेश विश्वकर्मा- काठमाडौ, रबिन्द्र बैठा- सर्लाही , नीरा जैरू -डडेल्धुराबाट प्रतिनीधि छनोट गरेको बताउनुभयो ।
तेस्तै खुला दलित तर्फ बसन्त कुमार विश्वकर्मा- सुर्खेत, कृष्ण नेपाली- कास्की , दुर्गा परियार- उदयपुर , मीना परियार-कपिलवस्तु ,घनश्याम रिजाल वि.क.- दोलखा, सिंह वहादुर विश्वकर्मा- सिन्धुपाल्चोक , शारदा परियार- सल्यान, कृष्ण वि. क.- म्यादी ,कृष्ण कुमारी वि.क.- मोरङ ,गजेन्द्र सार्की – बझाङ , तारा वि.क.- नवलपुर, प्रभाराम ओड- दार्चुला , निता शिवा- ताप्लेजुङ र एकजना केन्द्रीय पदाधिकारी सचिव पद दलितका लागि छुट्याइएको बताउनुभयो ।
आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने जनाइएको छ ।
पार्टीमा बर्ग संघर्ष र दलित अधिकार सुनिश्चितताकालागी पार्टीले कार्ययोजना सहित सुचि तय गरि देशभर अभियान संचालन गर्ने केन्द्रीय सदस्य बसन्त कुमार विश्वकर्माले बताउनुभयो । पार्टीमा जम्मा केन्द्रीय कमिटी संख्या ३ सय ४४ मा दलित प्रतिनिधित्व केन्द्रीय सचिव सहित १६ जना ४.६ प्रतिसत रहेको छ ।
एकीकृत समाजवादी कर्णालीबाट केन्द्रीय कमिटीमा ३० जनालाई मनोनित