जुविथामा आगलागी हुँदा ३ घर जलेर पूर्णरुपमा नष्ट

  ।   ३० आश्विन २०८१, बुधबार २१:१२

कालीकोट। कालिकोटको तिलागुफा नगरपालिका – ६ जुविथामा आगलागी हुँदा ३ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । बुधबार दिउँसो ३ बजेतिर विद्युत् चुहावट भई आगलागी हुदा ३ घर जलेर पूर्णरूपमा नष्ट र एक घरमा आंशिक क्षेति भएका हाे ।

स्थानीय धनबहादुर शाहीको घरबाट आगलागी सुरु भएर ४ घर जल्दा लाखौको क्षति भएको अनुमान गरिएको छ ।

धनबहादुर शाहीको घरबाट आगलागी सुरू भएपछि स्थानीय मानबहादुर शाही र मनराज शाहीको घरसमेत जलेका हुन् । तीन घरमा बस्ने १४ परिवार ४० जना विस्थापित हुन पुगेका तिलागुफा नगरपालिका – ६ का वडाध्यक्ष प्रवलाल शाहीले बताउनुभयो ।

काठको छाना र एकअर्कोसँग जोडिएका घरहरु रहेकोले आधा घण्टामै ती घरहरु जलेको वडाध्यक्ष शाहीले बताउनुभयो ।

आगलागी भएको जानकारीपछि तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायसहित गाल्जे र खल्लागाड प्रहरी चौकीबाट टोली सहित स्थानीयको सक्रियतामा आगोलाई नियन्त्रणमा लिएको थियो ।

क्षतिको विस्तृत विवरण प्रहरी टोलीले संकलन गरिरहेको र मानवीय ,पशुपन्छी कुनै क्षेती नभएको र लत्ताकपडा ,खाद्यान्न लगाएको घरायसी सामाग्री जलेर अनुमानित लाखौंको क्षेति हुनसक्ने जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।

Next Post

कालिकोटको मान्ममा १ पुरुष मृत फेला

३० आश्विन २०८१, बुधबार २१:१२
कालिकोट । मान्ममा एक पुरुष मृत फेला परेका छन्। खाँडाचक्र नगरपालिका वडा नम्वर १ को नाव गैरा स्थित एक घर अगाडीको आगनमा ३७ वर्षिय राजेन्द्र सिजाली मगर आज बिहान ८ बजे मृत अवस्थामा फेला परेका हुन्। दैलेख जिल्लाको चामुण्डा बिन्दासैनी नगरपालिका -१ का मगर ज्याला मजदुरीका लागी कालिकोटमा बस्दै आयका […]

सम्बन्धित शीर्षक