कालिकोट । मान्ममा एक पुरुष मृत फेला परेका छन्। खाँडाचक्र नगरपालिका वडा नम्वर १ को नाव गैरा स्थित एक घर अगाडीको आगनमा ३७ वर्षिय राजेन्द्र सिजाली मगर आज बिहान ८ बजे मृत अवस्थामा फेला परेका हुन्।
दैलेख जिल्लाको चामुण्डा बिन्दासैनी नगरपालिका -१ का मगर ज्याला मजदुरीका लागी कालिकोटमा बस्दै आयका थिए । मृत्यु हुनुको कारणबारे अझै नखुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। प्रहरीले घटनको मुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भइरहेको जनाएको छ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा लगिएको छ।