सुर्खेतमा युवती बेच्ने एक जना २४ वर्षपछि पक्राउ

  ।   १ कार्तिक २०८१, बिहीबार १५:०२

सुर्खेत । सुर्खेतमा १५ हजारमा युवती बेच्ने एक जनालाई पक्राउ गरिएको छ । २४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन् ।

विष्टले साविक गुटु गाविस–८, की २१ वर्षीय नामसरा देवी कँडेललाई ०५७ साल असोजमा भारतमा लगेर बेचेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकमाले जानकारी दिए ।

विवाहको प्रलोभन देखाएर विष्टले नामसरा देवीलाई भारतको गोरखपुर लगेको उनको भनाई छ । त्यहाँ एक अपरिचित भारतिय नागरिकलाई विष्ट १५ हजारका बिक्री गरेको प्रहरी नायव उपरीक्षक विश्वकमाको भनाई छ ।

नामसरा देवीलाई बिक्री गरेको विषयमा ०५८ मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर गरिएको थियो । तर विष्ट लामो समयदेखि फरार थिए । विष्टलाई केहि दिन अघि स्थानिय गुटु बजार एरियाबाट पक्राउ गरिएको हो ।

Next Post

फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम निर्माणमा अन्यौल

१ कार्तिक २०८१, बिहीबार १५:०२
  कालिकोट । फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम रोकिएको छ । कालीकोट जिल्लामा निर्माणको चरणमा रहेको चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको हो । सर्वोच्चमा विचाराधीन मुद्दाले आयोजना निर्माणमा अन्यौल छाएको छ । मुद्दाका कारण आयोजनाको काम करिब नौ महिनादेखि ठप्प छ […]