छत्र रोका मगर
कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकाको नागरिक समाजको अध्यक्षमा कमल बहादुर शाहीलाई सर्वसम्मत चयन गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बीच नागरिक समाजको नयाँ कार्यसमिति गठन गरिएको हो ।
विगत लामो समयदेखि शुभकालिका गाउँपालिकामा नागरिक समाजले हरेक क्षेत्रमा वकालत गर्दै आइरहेको छ। नागरिक समाजका अध्यक्ष नमराज नेपालीको सभाध्यक्षता, शिक्षा शाखा प्रमुख नवराज आचार्य, महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारीको विशेष अतिथितामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा नागरिक समाजले गर्नुपर्ने काम कर्तव्यको बारेमा अधिकारीले जानकारी गराउनुभएको थियो। नागरिक समाज भन्नाले कुनै पनि समाजमा रहेका नागरिकहरूको स्वेच्छिक, स्वतन्त्र, र संगठित रूपमा क्रियाशील रहने क्षेत्रलाई जनाउँछ। यसमा सरकार वा निजी क्षेत्रबाहेकका संस्था, समूह, तथा व्यक्तिहरू समावेश गरिएको छ। जसले सामाजिक, सांस्कृतिक, आर्थिक, वा राजनीतिक विषयमा प्रभाव पार्ने प्रयास गर्ने नागरिक समाजका अगुवाहरूले बताएका छन्।
नागरिक समाजले सरकारलाई उत्तरदायी बनाउन, भ्रष्टाचारविरुद्ध आवाज उठाउन, मानव अधिकारको प्रवर्द्धन गर्न, र सामाजिक न्याय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहने नागरिक समाजका अगुवाहरूले बताएका हुन् । शुभकालिका गाउँपालिका भरिका वडा नं १ देखि ८ सम्मका नागरिक हरुको सहभागीतामा नागरिक समाजको २७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो।
कमल बहादुर शाही अध्यक्ष ,लगाएत अन्य सदस्य रहने गरी नयाँ कार्यसमिति गठन गरिएको छ। संस्थाको दूरदृष्टि, मिशन, र लक्ष्य पुनरावलोकन गर्ने काम गर्ने रणनीति तयार पार्न बैठक आयोजना गरिने नागरिक समाजका मुद्दाहरू मानव अधिकार, सुशासन, सामाजिक न्याय आदिमा केन्द्रित योजनाहरू बनाउने अध्यक्ष शाहीले बताउनुभयो । नेतृत्व क्षमता, समन्वय, र पारदर्शिता कायम राख्दै नागरिक समाजलाई मजबुत बनाउनेतर्फ लाग्ने सही योजना, सक्रिय सहभागिता, र प्रभावकारी रणनीतिले नागरिक समाजलाई समाजमा वास्तविक परिवर्तन ल्याउने शक्तिशाली संगठन बनाउन समन्वयात्मक भूमिका खेल्ने बताउनुभयो।