रुकुमपश्चिमको मुसीकोट १ घरमा आगलागीबाट करिब १२ लाख ५० हजार बराबरको क्षति

  ।   १४ फाल्गुन २०८१, बुधबार १८:३६

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर  १४ चाखलडाँडास्थित रुद्रबहादुर बिष्टको घरमा आगलागी भएको छ । बुधबार बिहान भएको आगलागीबाट बिष्टको ६ कोठे ९ढुङगा र माटोले बनेको, टिनले छाएको दुई तले घर ध्वस्त भएको छ । आगलागीले पशुचौपाया मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आगलागीमा परेर दुई गोरु, १४ बाख्रा, चार भेडा र ९० वटा कुखुरा मरेका छन् ।

घरको तत्लो तलामा बाँधेर राखेका पशु चौपायामध्ये दुई गाई र पाँच बाख्रा जलेर घाइते रहेका छन् भने अन्यको मृत्यु भएको छ । यसका साथै घरमा रहेको लत्ताकपडा, अन्नपात, कागजपत्र सबै जलेर नष्ट भएको छ । आगलागीबाट करिब १२ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक पाठकले जानकारी दिएका छन् ।

बिष्टका छोरा बलजित बिष्टका अनुसार विद्युतको तार सर्ट हुन गई आगलागी भएको हो । घरमा कोही नभएको बेला आगलागी भएकाले मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रहरी टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेको छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।

Next Post

कर्णाली ‘मुख्यमन्त्री डिजिटल शिक्षा नमुना विद्यालय कार्यक्रम’ मा बजेट पठाउने निर्णय

१४ फाल्गुन २०८१, बुधबार १८:३६
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री डिजिटल शिक्षा ’ र ‘नमुना विद्यालय कार्यक्रम’ का लागि स्थानीय तहमा बजेट पठाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि छनोट भएका विद्यालयमा रकम पठाउने निर्णय गरिएको हो । सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धमा व्यवस्था गर्न बनेको […]

सम्बन्धित शीर्षक