जुम्लामा हानी नोक्सानीलाई नियन्त्रण गर्न समुदाय स्तरीय बिपद मेलाको आयोजना

  ।   १२ माघ २०८१, शनिबार १६:४९

जुम्ला । जुम्लामा समुदाय स्तरीय बिपद मेला कार्यक्रम गरिएको छ । घरमा हुने बिपद बाट कसरी बच्न सकिन्छ र बिपद बाट हुने हानी नोक्सानीलाई नियन्त्रण गर्न समुदाय स्तरीय बिपद मेलाको आयोजना कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको आयोजनामा चन्दननाथ नगरपालिकाको – १० मा समुदाय स्तरीय बिपद मेला कार्यक्रम गरिएको छ । घरमा प्रयोग हुने ग्यास हिटरको प्रयोग गर्दा ध्यान दिनु पर्ने र अन्य बिपदमा पनि सजक रहनु पर्ने कार्यक्रममा बताइएको छ । समुदाय स्तरीय बिपद मेला कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत टोप बहादुर खत्रीले विपद्को समयमा आवश्यक पर्ने उपकरण बेलैमा जोह गनुपर्ने बताउनुभयो ।

विपद् पर्दा त्यसको पूर्वतयारी तथा विपद्पछि उत्पन्न हुने समस्याबारे दरो मानसिकता नहुदाँ समेत समस्या उत्पन्न हुने गरेको चर्चा गर्दै खत्रीले विपदपछि आउन सक्ने परिस्थिति बारे मनोवैज्ञानिक रुपले बलियो हुन आग्रह गरे विपद् व्यवस्थापनका लागी हरेक गाँउपालिकामा हेलीप्याड र वडा वडामा उपकरण सहित तालिम प्राप्त स्वयंसेवक हुनुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाकि जिल्ला परियोजना अधिकृत ईश्वरा सुवेदीले यो मेला बाट प्राप्त ज्ञान, सीप र चेतनाले समुदाय स्तरमा दीर्घकालिन प्रभाव पार्ने विश्वास व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, सिकेको सीपको निरन्तरता र प्रयोगका लागी थप तालिम र उपकरणको आवश्यकता रहेमा नेपाल रेडक्रस सोसाइटि हरदम साथमा रहेको बताउनुभयो ।

 

समुदाय स्तरीय बिपद मेलामा ग्यास सिलिन्डर कसरी प्रयोग गर्ने, ग्यास लिग हुदा के गर्ने र यदि आगलागी हुने सम्भावना भएमा कसरी बच्न सकिन्छ भन्ने बिषयमा डेमा समेत प्रर्दशन गरिएको थियो ।

Next Post

रुकुम पश्चिममा ४ दिन अघि विवाहको लागि भागेका १ जोडि मृत अवस्थामा फेला

१२ माघ २०८१, शनिबार १६:४९
रुकुम पश्चिम । जिल्लाको त्रिवेणीको खुम्चेरीमा एक जोडि मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी गाउँपालिका –४ खुम्चेरीमा केटाकेटी एक जोडि एउटै कोठामा मृत अवस्थामा फेला परेका हुन् । त्रिवेणी गाउँपालिका –४ का वडा अध्यक्ष नन्नराम बाँठाका अनुसार सोहि वडा निवासी टेक बहादुर खड्काको छोरा १९ वर्षिय लोकेन्द्र खड्का र […]