रुकुम पश्चिम । जिल्लाको त्रिवेणीको खुम्चेरीमा एक जोडि मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी गाउँपालिका –४ खुम्चेरीमा केटाकेटी एक जोडि एउटै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
त्रिवेणी गाउँपालिका –४ का वडा अध्यक्ष नन्नराम बाँठाका अनुसार सोहि वडा निवासी टेक बहादुर खड्काको छोरा १९ वर्षिय लोकेन्द्र खड्का र वडा नम्वर ६ की १९ वर्षिय सपना पुन मगर लोकेन्द्रको घरमा मृत अवस्थामा फेला परेका हुन् ।
वडा अध्यक्ष बाँठाका अनुसार चार दिन अघि विवाहको लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए । आज बिहान लोकेन्द्रको अस्थायी टहरामा दुबै जना मृत अवस्थामा फेला परेका हुन् ।
लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारको लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो । एक मात्र छोरा लोकेन्द्रको एक बहिनी हुनुहुन्छ । काठमाडौमा अध्ययनरत छोरीको साथमा बुवाआमा नेपालगञ्जबाट फर्कदै गरेको बताईएको छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको छ । प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानूनी प्रक्रिया सूरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ ।
स्थानीयका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा रहेका छन् भने सपना भुईमा मृत अवस्थामा रहेकीछिन् ।