बाहुणडाँगी जेसीजद्वारा “प्रि इन्डक्सन र लोम अफिसर” तालिम सम्पन्न

  ।   १२ माघ २०८१, शनिबार २२:१८
Oplus_131072

झापा । बाहुण्डाँगी जेसीज बर्ष २०२५ ले आफ्ना कार्यसमिति सदस्य तथा पुर्व अध्यक्षहरुलाई “प्रि इन्डक्सन र लोम अफिसर” तालीम दिएको छ ।

आज शनिबार बाहुणडाँगी स्थित एक कार्यक्रम बिच आफ्नो दोस्रो कार्यक्रमका रुपमा “ induction & lom officer  ” तालिम सम्पन्न भएको हो।

जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी सामुल रायाले गरेका हुन । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर हेमराज कार्कीको प्रमुख आतिथ्यता चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी उत्तम पकुवाल प्रशिक्षकले तालिम दिएका हुन।

तालिमले व्यक्तित्व विकासमा टेवा पुर्‍याउने र नयाँ सीप र ज्ञान बढाएको सहभागीहरुले बताएका छन्। जेसीजका नयाँ सदस्यहरुले जेसीज बारे जान्ने अबसर तथा आफ्नो काम, कर्तव्य र अधिकार बारे जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष नित्यानन्द चम्लागाईँले बताउनुभयो ।

उक्त कार्यक्रममा चारआली जेसीज वर्ष २०२५ का कानुनी सल्लाहकार जेसी विवेक सुन्दासले सहजकर्ताको भूमिका निर्वाह गरेका हुन। कार्यक्रममा बाहुण्डाँगी जेसीज बर्ष २०२५ को सिङ्गो बोर्ड , जेसीज सदस्य हरु र अन्य स्थानीय व्यक्तित्वहरुको समेत सहभागिता रहेको निवर्तमान अध्यक्ष जेसी देबु बानियाँले बताउनुभयो ।

महासचिव जेसी सुस्मा मिश्रले सञ्चालन गरेको कार्यक्रममा संयोजक जेसी सामुल रायाले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईले कार्यक्रम माथि प्रकाश पारेका थिए। कार्यक्रममा पुर्ब अध्यक्ष केवल निरौला र प्रमुख अतिथि हेमराज कार्कीले शुभकामना मन्तव्य राखेका थिए भने निवर्तमान अध्यक्ष जेसी देबु बानियाँले धन्यवाद मन्तव्य राखेका हुन।

Next Post

शुभकालिकाको राराकाटीयामा खाद्य डिपो स्थापना

१२ माघ २०८१, शनिबार २२:१८
छत्र रोका मगर, रेडियो शुभकालिका कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ४ राराकाटीयामा नेपाल खाद्य संस्थान लिमिटेडले खाद्य डिपो स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कालीकोटले जिल्लाको शुभकालिका गाउँपालिका राराकाटीया लाई केन्द्र विन्दु बनाएर डिपो स्थापना गरेको हो । श्री केदार नाथ ढुवानी सेवा […]