शुभकालिकाको राराकाटीयामा खाद्य डिपो स्थापना

  ।   १३ माघ २०८१, आईतवार २०:०४

छत्र रोका मगर, रेडियो शुभकालिका

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ४ राराकाटीयामा नेपाल खाद्य संस्थान लिमिटेडले खाद्य डिपो स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कालीकोटले जिल्लाको शुभकालिका गाउँपालिका राराकाटीया लाई केन्द्र विन्दु बनाएर डिपो स्थापना गरेको हो ।

श्री केदार नाथ ढुवानी सेवा मार्फत ५०० कुन्टल चामल शुभकालिका गाउँपालिकाका लागी ढुवानी गरीने जनाईएकोे छ । अहिले तत्कालका लागी ४०० कुन्टल राराकाटीयामा चामल आईसेको र ४०० कुन्टल बाट २०० कुन्टल चामल शुभकालिका गाउँपालिका वडा नं २ को पहलमा छेलाहान्ना बजारमा लगीएको वितरण ब्यावस्थापक रमेश चौलागाँईले बताउनुभयो । चौलागाँईले भन्नु भयो राराकाटीया शुभकालिकाको मुख्य डिपो केन्द्र रहने छ , यहाँ बाट आवश्यकता अनुसार स्थानिय नागरीको गुनासो आएमा चामल सबै वडामा वितरण गर्न सकिने जान्कारी दिनुभयो ।

शुभकालिका गाउँपालिका वडा नं ४ राराकाटीयामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कालीकोटको डिपो स्थापना हुुदाँ यहाँका स्थानिय नागरिक भने हर्षित भएका छन् । शुभकालिका गाउँपालिका वडा नं ४ का स्थानिय दत्त प्रसाद चौलागाँईले खुसी हुदै भने आफ्नो गाउँमा पहिलो पटक चामलकोे डिपो स्थापना हुदाँ टाढा गएर चामल ल्याउने बाध्यता हटेको बताए । हामी पहिँले मान्म,जिते,सेरीघाट लगाएतका स्थानिय बजारमा गएर चामल ल्याउन जान्थ्यौ पिठिउमा नाम्लो लगाएर ल्यायको चामल घर परिवारमा केहीदिन खानपुग्थ्यो अहिले ति दुखका दिन गएको र सुखका दिन फर्कीएको सुनाउदै अहिले गाउँमै डिपो स्थापना भएपछि सजिलो हुने बताउनुभयो ।

सोही वडाका ७४ वर्षका स्थानिय लालु सुनारले २०६१ साल तिर आफू राजापुर सुर्खेत, दैलेख लगाएतका स्थानिय बजारमा गएर नुन ,चामल ,तेल ल्यायको दुख सुनाउनु भयो । अहिले गाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा स्थापना हुदा निकै खुसी भएको सुनाउनुभयो ।

यस्तै स्वास्थ्य चौकी राराकाटीका प्रमुख खगेन्द्र चौलागाँईले खाद्यको चामलमा गुणस्तर हुनेभएकाले खाद्यको चामल घरमा लगी खान समेत अनुरोध गर्नु भएको छ । बजारको चामलमा मा गुणस्तर नहुने र डेट नहुने भएकाले खाद्यन्न संस्थाको चामल खान स्वास्थ्यका लागी राम्रो हुने सुझाव दिनु भएको छ ।

आइतबार एक कार्यक्रमका बिच वडा अध्यक्ष प्रदिप प्रसाद चौलागाँईको सभाअध्यक्षता र समाज सेवी स्थानिय जनक बहादुर शाहीको प्रमुख आतिथ्यता, स्वास्थ्य चौकी राराकाटीका प्रमुख खगेन्द्र चौलागाँइ , नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरे सुनार , स्थानिय नागरीको सहभागीतामा चामलको डिपो उद्धाटन गरीएको छ ।

कार्यक्रमा बोल्दै वडा अध्यक्ष चौलागाँईले भन्नु भयो । अब विदाको दिन बाहेक विहान १० बजे देखि बेलुका ४ बजे सम्म सेवा सुविधा लिन सकिने र सोना मन्सुली चामल प्रति बोरा १६०० सय २५ रुपैया पर्ने हुँदा गाउँमै खाद्दे खोल्दा स्थानिय सरकार लगाएतका सरोकार वालाहरुको सहयोगमा डिपो स्थापना गरेको चौलागाँईको भनाई छ ।

अब शुभकालिका गाउँपालिका वडा नं ४, ५, ६ लगाएतका स्थानिय नागरीक लाई मान्म सेरिघाट तेस्रो बजार लगाएतका स्थानिय बजार धाउने बाध्यताको अन्त्य भएको छ । उक्त डिपोमा आवश्यकता अनुसार नुन ,तेल चामल बितरण गरीने छ ।

Next Post

जुम्लामा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी पुगे

१३ माघ २०८१, आईतवार २०:०४
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी जुम्लामा आइपुगेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, बिपिएच, बि–फार्म, बिएस्सी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी जुम्लाम आएका हुन् । कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य […]

सम्बन्धित शीर्षक