अपडेट

भेरी नदी किनारमा सडेको अवस्थामा भेटियो अज्ञात पुरुषको शव, प्रहरीले थाले अनुसन्धान

  ।   २२ श्रावण २०८२, बिहीबार १५:४८

सल्यान। सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ स्थित अम्रा नजिकै भेरी नदीको किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ। शव सडेगलेको अवस्थामा भेटिएपछि घटनाले स्थानीयहरूलाई त्रसित बनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शव अत्यन्तै बिग्रिएको अवस्थामा भेटिएकाले पहिचान तत्काल हुन नसकेको हो। शव कसको हो भन्ने बारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिएअनुसार, इलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारबाट प्रहरी नायब निरीक्षक धनबहादुर नेपालीको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटिएको छ। टोलीले प्रारम्भिक अनुसन्धान कार्य थालिसकेको छ।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भइरहेको छ। शव परीक्षणपछि मृतकको पहिचान र घटनाको कारण स्पष्ट हुने प्रहरीको अपेक्षा छ।

स्थानीय बासिन्दाहरूका अनुसार घटनास्थल वरिपरि विगत केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। अन्ततः खोजतलास गर्दा नदी किनारमै मानव शव फेला परेको हो।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ र मृतकको पहिचानका लागि सर्वसाधारणलाई कुनै जानकारी भएमा जानकारी दिन आग्रह समेत गरेको छ।

 

Next Post

नेपालकै अग्लो पचाल झरना अब सरकारी पर्यटन गन्तव्य, क्यूआर कोडमार्फत डिजिटल जानकारी सेवा सुरु

२२ श्रावण २०८२, बिहीबार १५:४८
सुर्खेत। नेपालको सबैभन्दा अग्लो झरना भनेर चिनिँदै आएको कालीकोटको पचाल झरना अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा औपचारिक रूपमा पर्यटकीय गन्तव्यमा सूचीकृत भएको छ। आर्थिक वर्ष २०८२र८३ को लागि तय गरिएका १०० प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये पचाल झरना ६४औं स्थानमा परेको हो। यस सूचिकरणसँगै पचाल झरनामा पुग्ने पर्यटकहरूले अब QR […]