अपडेट

नेपालकै अग्लो पचाल झरना अब सरकारी पर्यटन गन्तव्य, क्यूआर कोडमार्फत डिजिटल जानकारी सेवा सुरु

  ।   २२ श्रावण २०८२, बिहीबार १६:१६

सुर्खेत। नेपालको सबैभन्दा अग्लो झरना भनेर चिनिँदै आएको कालीकोटको पचाल झरना अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा औपचारिक रूपमा पर्यटकीय गन्तव्यमा सूचीकृत भएको छ। आर्थिक वर्ष २०८२र८३ को लागि तय गरिएका १०० प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये पचाल झरना ६४औं स्थानमा परेको हो। यस सूचिकरणसँगै पचाल झरनामा पुग्ने पर्यटकहरूले अब QR कोड स्क्यान गरेरै झरनाबारे विस्तृत जानकारी पाउन सक्नेछन्। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) को सहकार्यमा तयार गरिएको यो सूचना प्रविधि–मैत्री प्रणालीले पचाल झरनालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

पचाल झरनाको प्रचार–प्रसार र सहज सूचना पहुँचका लागि QR कोड तयार गरिएको जानकारी गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार कठायतले दिएका छन्। पर्यटन बोर्डमा एक त्तच् कोड राखिएको छ भने अर्को त्तच् कोड पचाल झरना गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम भन्छिन्, QR कोडको फ्रेम मैले बुझेर ल्याइसकेको छु। अब आन्तरिक र विदेशी पर्यटकले सजिलै झरनाको इतिहास, यात्रा मार्ग, होमस्टे, प्रतीक्षालय, विश्राम स्थल आदिबारे थाहा पाउनेछन्।

पचाल झरना, कालीकोटको पचाल झरना गाउँपालिका–३ मा अवस्थित छ। यसको उचाइ ३८१ मिटर रहेको दाबी गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले गरेका छन्। उनी भन्छन्, झरनाको बीचमा केही भाग चट्टानमा ठोक्किएर खस्ने भएकाले कुल लम्बाइ ४१५ मिटर हुन सक्छ।

यसअघि नेपालको सबैभन्दा अग्लो झरना भनेर चिनिने तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र हो। पर्यटकका लागि होमस्टे, रेलिङसहितको गोरेटो र पूर्वाधार विकास
पचाल झरनासम्म पुग्न कर्णाली करिडोरको लाफागाडबाट करिब एक घण्टा गाडी र तीन घण्टा पैदल यात्रा गर्नुपर्छ। पर्यटकको सुविधाका लागि रेलिङसहितको गोरेटो बाटो, सूचना केन्द्र, र होमस्टे सेवा जस्ता पूर्वाधार विकास गरिएको छ।

खार्दु गाउँका पाँच घरहरूमा होमस्टे सञ्चालनमा छन् जहाँ पर्यटकले स्थानीय खाना, बस्ने सुविधा र संस्कृतिको अनुभव लिन सक्छन्। गाउँपालिकाले झरनासम्मको पहुँच र पूर्वाधार विकासमा १२ करोड रुपैयाँ खर्च भएको जनाएको छ।

झरनाको शिर र वरपरको क्षेत्र प्राकृतिक सौन्दर्य मात्र होइन, वन्यजन्तु र चराचुरुंगीको आश्रयस्थल पनि हो। यहाँ डाँफे, कालिज, घोरल, कस्तुरी, बनेल र हिमाली कालो भालुलगायतका प्रजातिहरू पाइन्छन्, जसले जैविक विविधतालाई समेटेको छ।

पचाल झरनाको सूचिकरणसँगै कालीकोटमा पर्यटनको सम्भावना थप बलियो बनेको छ। त्तच् कोड प्रविधिले सूचना पहुँचलाई सजिलो बनाउँदै डिजिटल ट्राभल गाइडको भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसले स्थानीय रोजगारी, संस्कृति संरक्षण, र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

 

Next Post

कालीकोटमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेमध्ये तीनको अवस्था गम्भीर

२२ श्रावण २०८२, बिहीबार १६:१६
सुर्खेत। जुम्लाबाट सुर्खेततर्फ यात्रु बोकेर आइरहेको एक फोर्स गाडी कालीकोटमा दुर्घटनाग्रस्त हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गविन्दप्रसाद चौधरीका अनुसार, दुर्घटना शुक्रबार बिहान कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका–१० को गोलुवा क्षेत्रमा भएको हो। कर्णाली प्रदेश ०९७६ […]

सम्बन्धित शीर्षक