अपडेट

खाँडाचक्र ३ का दुई सरकारी विद्यालयमा विद्यार्थी पोसाक सहयोग

  ।   २१ जेष्ठ २०८३, बिहीबार २२:०९

कालिकोट । कालिकोट जिल्लाका सामुदायिक विद्यालयका ४ वटा विद्यालय अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै समाजसेवी दीपक वलीको नेतृत्वमा विभिन्न व्यक्ति तथा स्थानीय युवाको सहयोगमा करिब ७ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ।

जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर ३ का २ वटा विद्यालयमा सोही ठाउँका युवा नेता तथा समाज सेवि सहयोग अभियानअन्तर्गत रोसन कुमार पाण्डेले ३५ हजार रुपैयाँ बराबरको सहयोग जुटाएका हुन ।भने महेन्द्र पाण्डेले १० हजार रुपैयाँ र टक्क पाण्डेले ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन।

यस कार्यक्रममार्फत नैनेल देव आधारभूत विद्यालय का विद्यार्थीलाई ४० जोर ट्र्याकसुट तथा कालिका आधारभूत विद्यालय का ५० जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ। झन्डै १लाख ५० हजार बराबरको विद्यालय पोसाक वितरण गरिएको हो । जिल्लाका अन्य दुई विद्यालयका विद्यार्थीहरूलाई समेत विद्यालय पोशाक तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइएको दीपक वलीले जानकारी दिए।

वलीका अनुसार कालिकोटका चार वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई लक्षित गरी विद्यालय पोशाक वितरण गरिएको हो। आर्थिक अभावका कारण शैक्षिक गतिविधिमा प्रभावित हुन सक्ने विद्यार्थीहरूलाई सहयोग पुग्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए।
स्थानीय अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले यस्ता सामाजिक कार्यले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सरकारी विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल बनाउन सहयोगी हातहरू अझै बढ्दै जानुपर्नेमा जोड दिएका छन्।

समाजसेवी दीपक वलीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता मानवीय र सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार सामुदायिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक पहुँच र गुणस्तर सुधारका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको छ।

Next Post

समावेशी प्रतिनिधित्वसहित प्रदेशस्तरीय युवा सञ्जाल गठन

२१ जेष्ठ २०८३, बिहीबार २२:०९
कर्णाली प्रदेश युवा सम्मेलन सम्पन्न १५ सदस्यीय युवा नागरिक मञ्च गठन, ९ बुँदे घोषणापत्र जारी सुर्खेत । कर्णाली प्रदेशका युवाहरूको नेतृत्व विकास, नीतिगत सहभागिता र समृद्ध कर्णाली निर्माणको उद्देश्यसहित आयोजित दुईदिने ‘कर्णाली प्रदेश युवा सम्मेलन–२०८३’ वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। सम्मेलनले भावना शाहीको संयोजकत्वमा १५ सदस्यीय कर्णाली प्रदेश युवा नागरिक […]