युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर झडप

  ।   १३ बैशाख २०८१, बिहीबार १८:०१

सुर्खेत । धनुषामा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर झडप भएको छ ।

धनुषा जिल्लाको औरही गाउँपालिकाको वडा नम्बर १ स्थित पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहले आपसमा हानाहान गर्दै सडकमा अवरोध गरेपछि घटना साम्य पार्ने क्रममा प्रहरीसँग झडप भएको हो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो ।

स्थिति साम्य पार्न ७ सेल अश्रुग्यास प्रहार गर्नुपरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिनुभएको छ ।

Next Post

कालिकोट उद्योग बाणिज्य संघ अध्यक्षमा रतन बहादुर शाही लगाएतको टीम निर्वाचित

१३ बैशाख २०८१, बिहीबार १८:०१
कालिकोट । उद्योग बाणिज्य संघ कालिकोटको निर्वाचनबाट अध्यक्षमा  रतन बहादुर शाही लगाएतको टीम निर्वाचित भएका छन् । २१ ओैं चुनावी साधारणसभाबाट कालिकोटमा बुधबार भएको निर्वाचनमा बुधबार रातिबाट सुरु भएको जिल्ला समन्वय समितिको हलमा मतगणना विहीबार विहान १० बजे सक्किएको हो । यस भन्दा पहिले एक कार्यकाल सक्काएका अध्यक्षमा रतन बहादुर […]