सुर्खेत । दैलेखको भैरवी गाउँपालिका ६ तोरीमूलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
भैरवी गाउँपालिका ६ तोरीमूलमा चट्याङमा परेर १३ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शनिबार परेको चट्याङले शर्मिला गम्भीर घाइने भएकी थिइन् । उनलाइ उपचारका लागी प्रदेश अस्पताल सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।