कालिकोट । अखिल (क्रान्तिकारी) १४ औं कालिकोट जिल्ला सम्मेलन पिलिमा सम्पन्न भएको छ।
माओवादी केन्द्र निकट बिद्यार्थिहरूको संगठन अखिल (क्रान्तिकारी) को जिल्ला सम्मेलन कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आथित्यतामा आईतवार सम्पन्न भएको हो ।
उद्घघाटनको दोस्रो शेषन बन्द सत्र पनि आईतबार बेलुका बसि बन्द सत्रबाट नयाँ नेतृत्व चयन भएको छ ।
अखिल (क्रान्तिकारी) कालिकोटको १४ ओैँ जिल्ला सम्मनेलनबाट निर्वाचित नयाँ नेतृत्व हरुमा अध्यक्ष खगेन्द्र मल्ल,बरिष्ठ उपाध्यक्ष, अस्मित बम उपाध्यक्ष, मान बहादुर रोकाया उपाध्यक्ष, सिमा शाहि, सचिब कमल शाही, सहसचिब अमराज बराल, सहसचिब केशर बुढा ,सहसचिब सुवणा सेजुवाल,सहसचिब गिता शाही,सहसचिब अर्जुन बि.क. कोषाध्यक्ष हर्सिला सुवेदी लगायत ६ जना संगठन पहिलो बैठकबाट मनोनित गर्नेगरी ५१ सदस्यीय निर्वाचित जिल्ला समिति बनेको छ ।
सम्मेलन सम्पन्न लगतै निर्वाचित सम्पुर्ण पदाधिकारी लाई संगठनका केन्द्रिय उपाध्यक्ष अम्मर जङ्ग साहीले सपत खुवाएको तिला कर्णाली बहुमुखी क्याम्पसका स्ववियु शभापति तथा बन्द सत्रका अध्यक्ष हिक्मत सिंहले बताएका छन् ।
नयाँ नेतृत्व गरेर आउने संगठनका निर्वाचित अध्यक्ष खगेन्द्र मल्लका अनुसार अबका दिनदेखि पुरानो शैलिको बिद्यार्थी राजनीति काम नलाग्ने र नयाँ तरिकामा जाँदै गर्दा अनुसन्धानात्मक शिक्षा लाई कसरी अगाडि बढाउन सकिन्छ र कालिकोटको शैक्षिक स्थितिलाई सुधार्नका लागि ९ वटै पालिकामा अनिवार्य नि(शुल्क अङ्ग्रेजी शिक्षाको व्यवस्था गर्न बिशेष पहल अबको संगठन समितिको रहने रहेको छ ।