हाेलीले लियो दुई जनाकाे ज्यान

  ।   १२ चैत्र २०८०, सोमबार ११:१४
साकेंतिक तस्बिर

सुर्खेत । दुई समूहबीच कुटाकुट हुँदा होली खेल्ने क्रममा दुईजना युवाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका – २६ ढोलाहिटीमा गएराति दुई समूहबीच कुटाकुट हुँदा दुई जनाको मृत्यु भएको हो ।

कुटपिटमा ज्यान गुमाउने पाँचथरका वर्ष २८ का पुजन राई र सुनसरी वर्ष २७ का रोबस राई रहेका छन् । पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा १८ जनालाई धारिलो हतियारसहित पक्राउ गरिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको बताएको छ ।

Next Post

कर्णाली चिसापानी पुलबाट हाम फाल्ने एक जना बेपत्ता

१२ चैत्र २०८०, सोमबार ११:१४
सुर्खेत । चिसापानी कर्णाली पुलबाट पौडी खेल्न हाम फालेका १७ जना युवामध्ये एक जना बेपत्ता भएका छन् । कैलाली र बर्दिया हुँदै कंचनपुर जोड्ने कर्णाली चिसापानी पुलमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय […]