कालिकोट । कर्णाली जेसिज शाखा बर्ष २०२५ का लागि १३ औं शाखा अधिवेशनबाट खगेन्द्र पाण्डे निर्वाचित भएका छन ।
अधिबेशनबाट कार्यकारी उपाध्यक्षमा किरण अधिकारी र नन्द बहादुर मल्ल सगै ३ जना मनोनीत गरिएको छ । मनोनीतमा कानुनी सल्लाहकार पवन आचार्य ,महासचिवमा जिवनराज देवकोटा , कोषाध्यक्षमा प्रभुराम पाण्डे मनोनीत भएका छन ।
तेस्तै उपाध्यक्षमा डाक्टर दर्शन पाण्डे ,लोकजन शाही , लक्ष्मि खड्का र सर्पराज रोकाय निर्वाचित भएका हुन ।
कर्णाली जेसीज शाखा बर्ष २०२४ का अध्यक्ष जेसी गणेशमान पाण्डेको सभा अध्यक्षतामा र उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीको प्रमुख आतिथ्यता, कर्णाली जेसिज वर्ष २०२० का अध्यक्ष सबिन बिष्टको बिशेश आतिथ्यता समापन भएको छ।
कार्यक्रमको संचालन कर्णाली जेसिज शाखा बर्ष २०२१ का अध्यक्ष जेसि लक्ष्मण कुमार शाहीले गर्नुभएको थियो ।
उद्घाटन सत्र समापन लगत्तै बन्द सत्र सुरु भएको थियो । बन्द सत्रमा उम्मेदवारी नामवली दर्ता लगाएतका प्रक्रिया अगाडि बढाइ अन्तिम नामावली प्रकाशन पछि घोषणा गर्ने निर्वाचन आयुक्त जेसि हरि प्रसाद पाण्डेले बताउनुभयो ।