जुम्ला । प्रेस सेन्टर नेपाल जुम्ला शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । बिहिवार भएको अधिवेशनमा मानबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समिति गठन सम्पन्न भएको हो ।
उद्घाटन सत्रपछि सम्पन्न बन्द सत्रले मान बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा शुभाकर विश्वकर्मा, महिला उपाध्यक्षमा विष्णुदेवी भण्डारी, कोषाध्यक्षमा अर्जुन महतारा, सचिवमा डिल्ली कामी, सह सचिव (खुला)मा विक्रम तिरुवा र समावेशी सह सचिव विवेन्द्र नेपाली निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा प्रकाश कामी, युनेश परियार, रमेश कुँवर, पदम शाही, रमिला सुनार, हिरा बहादुर बुढा, गुड्डु न्यौपाने र बरम राज कामी निर्वाचित भएका छन्।
सम्मेलनको समापन सत्रमा निवर्तमान अध्यक्ष विजय रावतले नवगठित समितिलाई शुभकामना दिँदै सशक्त नेतृत्वले जिल्लाको पत्रकारिता क्षेत्रलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
नव निर्वाचित अध्यक्ष कुँवरले जिल्लाको प्रेस जगतलाई उचाइमा लिन जुनसुकै मूूल्य चुुकाउा तयार दिएको प्रतिक्रिया दिए। उनले भने, ‘”हामी आवेगमा विवेक कुमाउने छैनौं। सचेतता पूर्वक काम गर्नेछौं।”