जुम्लाको साना तथा घरेलु उद्योगमा ४ हजार दुई सय १६ उद्योग दर्ता

  ।   ३२ श्रावण २०८१, शुक्रबार १०:००

जुम्ला । जुम्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका छन् ।

गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्त प्रमुख विनोदकुमार बानियाँले बताए ।

दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकतर्फ १०, कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन् । गत आवमा रु २४ लाख राजस्व सङ्कलने भएको छ ।

यसैबीच, उक्त कार्यालयले गत आवमा आठवटै स्थानीय तहका दुई सय चार जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

Next Post

शुभकालिकामा वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति

३२ श्रावण २०८१, शुक्रबार १०:००
कालीकोट । वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति पुगेको छ । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको हो ।   गाउँमा हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको छ। पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पु¥याएको स्थानीय जवानसिंह सुनारले बताउनुभयो । ‘यहाँ […]