शुभकालिकामा वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति

  ।   ३२ श्रावण २०८१, शुक्रबार २१:१३

कालीकोट । वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति पुगेको छ । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको हो ।

 

गाउँमा हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको छ। पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पु¥याएको स्थानीय जवानसिंह सुनारले बताउनुभयो । ‘यहाँ धानखेती हुँदैन,  मुख्य बाली मकै हो’ उहाँले भन्नुभयो– ‘हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।’

 

अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पु¥याएको शुभकालिका गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताउनुभयो ।

 

‘हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ’  उहाँले भन्नुभयो– ‘क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।’

Next Post

सुर्खेत मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन भदौ २८ गते हुने

३२ श्रावण २०८१, शुक्रबार २१:१३
सुर्खेत । यसअघि स्थगित भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भदौ २८ गते हुने भएको छ । (स्ववियु) निर्वाचनका लागी विद्यार्थी सङ्गठनहरु अग्रसर भइसकेका छन् । बिहीबार ९ वटा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो सङ्गठन दर्ता गराएका छन् । स्ववियु निका र्वाचन अधिकृतको कार्यालयमा सङ्गठन दर्ता गरिएका हुन् । दर्ता […]