सान्नित्रिवेणी ३ काे लुयाँटादेखि रकु खोलिखेतसम्म सडक निर्माण कार्यको शिलान्यास

  ।   २३ चैत्र २०८१, आईतवार ०९:०६

कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका – ३ स्थित लुयाँटा देखि रकु खोलिखेतसम्मको सडक निर्माण कार्यको शिलान्यास गरिएको छ । गाउँपालिकाभित्रको सबै भन्दा भौगोलिक क्षेत्रले ठुलो ३ नम्बर वडामा सडक सञ्जाल जोडिन कठिन हुदाँ वडाका केही टोल अझैसम्म सडकबाट वञ्चित रहँदै आएका छन् ।

शुक्रबार गरिएको शिलान्यासले लुयाँटासहित आसपासका बस्तीमा सडक जोडिए विकासको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ ।

शान्तिघाटदेखि गाउँपालिका केन्द्रसम्मको सडक र पालिकाबाट अन्य वडाहरूमा जाने ट्रयाक पहिल्यै निर्माण भइसकेको छ । तर, वडा नम्बर ३ को लुयाँटा क्षेत्र भने अझै सडकको पहुँच बाहिर रहेको छ । वडाभित्र विकासका सम्भावना हुँदाहुँदै पनि पूर्वाधारको अभावले यहाँका बासिन्दाले सास्ती भोग्दै आएका छन।

सडक शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रंगलाल देबकोटाले आफ्नो कार्यकालभित्रै लुयाँटा क्षेत्रमा सडक पुर्‍याउने र स्वस्थ सफा खानेपानी , सरसफाइ , स्वास्थ्य सेवामा पहुँच लगाएत अन्य कार्य पूरा गर्ने आफूले निर्वाचनमा जनतालाई दिएको प्रतिबद्धता पूरा गर्नतिर लागिरहेको बताउनुभयो । अब लुयाँटामा सडक पुर्‍याउने अभियानलाई निरन्तर अघि बढाउँछौं । उहाँले भन्नुभयो, हामी निरन्तर लागिरहने हो भने दुर्गम भन्ने छविलाई चिर्न सकिन्छ ।

अध्यक्ष देवकोटाका अनुसार हाल प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा ६० लाख रुपैयाँको बजेट विनियोजन भइसकेको छ । संघीय सरकारको समपूरक बजेटमार्फत पनि यो योजनालाई प्राथमिकतामा राखी थप बजेट जुटाइने तयारी भइरहेको बताउनुभयो । सो बजेटबाट रकुदेखि मालेभिड, लुयाँटादेखि डाँडा हुँदै नाइना दुल्या जोड्ने सडकको पनि निर्माण कार्य अघि बढाइने बताउनुभयो ।

यहाँका स्थानीयवासीहरू सडक शिलान्याससँगै अब आफ्ना बस्तीमा यातायातको पहुँच आउने आशामा छन् । दुर्गमताका कारण वर्षौंदेखि कठिनाइमा बाँचेका यहाँका बासिन्दालाई सडकले नयाँ सम्भावना बोकेर आउने विश्वास गरिएको छ ।

शुक्रबार एक कार्यक्रम बिच सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह सञ्ज्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेम बडुवाल, वडा नम्बर ३ का अध्यक्ष रंगलाल देबकोटा, वडा नम्बर ४ का अध्यक्ष देवनाथ योगी, पूर्व वडा अध्यक्ष विष्णुप्रसाद देबकोटा लगायत स्थानीय जनप्रतिनिधि तथा बासिन्दाको उपस्थितिमा उक्त सडकको शिलान्यास गरिएको हो ।

Next Post

सान्नीत्रिवेणी ३ काे लुयाँटा देखि रकु खोलिखेतसम्मको सडक निर्माणकाे शिलान्यास

२३ चैत्र २०८१, आईतवार ०९:०६
कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका – ३ स्थित लुयाँटा देखि रकु खोलिखेतसम्मको सडक निर्माण कार्यको शिलान्यास गरिएको छ । गाउँपालिकाभित्रको सबै भन्दा भौगोलिक क्षेत्रले ठुलो ३ नम्बर वडामा सडक सञ्जाल जोडिन कठिन हुदाँ वडाका केही टोल अझैसम्म सडकबाट वञ्चित रहँदै आएका छन् । शुक्रबार गरिएको शिलान्यासले लुयाँटासहित आसपासका बस्तीमा सडक […]