शुभकालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

  ।   ३० जेष्ठ २०८२, बिहीबार २०:५१

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । श्रोतको उपयोग स्वामित्व र सहभागीता पूर्णखोप पालिका हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको सभा अध्यक्षतामा बिहीबार घोषणा गरिएको हो ।

कार्यक्रममा शुभकालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले पूर्णखोप सुनिश्चितता जनसंख्याको सबै वर्गलाई आवश्यक पर्ने सम्पूर्ण खोपहरू उपलब्ध गराई सुनिश्चितता घोषणा गरिएको बताउनु भयो । यस कार्य (खोप सुनिश्चितता) लाई दीर्घकालीन रूपमा गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता गरेको समेत बताउनु भयो ।

बिहीबार एक कार्यक्रमका बिच पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाु का सबै चरणहरू पार गरी नागरिकलाई आवश्यक सबै खोपहरू उपलब्ध गराउने समेत बताउनु भएको थियो । सबै चरणहरूमा खोप छुटेका बालबालिकालाई २०८२ वैशाख ३१ गते खोप लगाइएको बताइएको छ ।

यस्तै ८ वटै वडाहरूलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरि अन्तिमचरणमा पालिका घोषणा गर्नलागेको बताउनु भयो । पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने वडाहरूलाई कार्यक्रममा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको सभा अध्यक्षता, जिल्ला समन्वय समितिकी उपप्रमुख मिना रावल ९विश्वकर्मा० को प्रमुख अतिथिता , जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक बहादुर महतको विशेषता , वडा नम्बर ५ का वडाध्यक्ष मिम बहादुर शाही, ८ का वडा अध्यक्ष दिपराज महतारा , शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाहीको विशेष अतिथ्यता लगाएत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सहभागितामा भव्य रूपमा कार्यक्रम सम्पन्न गरिएको छ।

 

जिल्ला समन्वय समितिकी उपप्रमुख मिना रावल ९विश्वकर्मा०ले शुभकालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुनु आफैमा गर्वको कुरा रहेको बताउनुभयो । साथै दिगोपना घोषणा नाममा मात्र सिमित नराख्न अनरोध समेत गर्नुभएको छ ।

‎कार्यक्रमको समापनमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष शाहीले भन्नू भयो शुभकालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा नाममा मात्र सीमित नराख्ने बताउनुभएको छ । पालिका स्तरबाट नमुना सर्वेक्षण गरी छुटेका बालबालिकाहरूलाई पून खोप लगाई आज घोषणा गरिएको बताउनु भयो । दिगपना घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी स्वयंसेविका ८ वटै वडाका वडाअध्यक्ष स्वास्थ्य शाखालाई धन्यवाद समेत दिनुभएको छ।

Next Post

तिला नदिमा पुल नहुदाँ नदि पारिका बासिन्दालाई बर्खामा ठुलो चिन्ता

३० जेष्ठ २०८२, बिहीबार २०:५१
कालीकोट । जिल्लाको तिलागुफा नगरपालिकाको तिला नदिमा पुल नहुदाँ नदि पारिका बासिन्दालाई बर्खा लाग्नेबित्तिकै चिन्ता निकै बढ्ने गरेको छ । बर्खा लाग्नेबित्तिकै तिला नदीमा पानीको बहाब बढ्ने भएकाले सडक यात्रा पूर्ण रूपमा बन्द हुने गर्दछ । तिला नदीमा बनेको पक्की पुल बगाएको तीन वर्ष पुग्दै छ । २०७९ साल असोज २० देखि २४ […]