सुर्खेत । सोमबार नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्युरो कार्यालय र खस भाषाको समाचार बुलेटिन उद्घाटन गर्दै मन्त्री गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवद्र्धनमा नयाँ सेवा सुरुवातले महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् । विविध भाषा र संस्कृतिको प्रसारणले राष्ट्रिय एकता र सहिष्णुता मजबुत हुने विश्वास व्यक्त गर्दै उहाले आगामी बजेटमा कर्णाली प्रदेशलाई समपूरक र विशेष अनुदान वृद्धि गरिने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खस भाषामा समाचार प्रसारणका लागि प्रदेश सरकारले छ महिनाअघि नै नीतिगत निर्णय गरी संघीय सरकारलाई प्रस्ताव पठाएको स्मरण गरे । मुख्यमन्त्री कँडेलले भाषिक विविधता उजागर गर्न सुरु गरिएको सेवा प्रतिको पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल भाषाको उद्गम मानिने सिंजा राज्यको खस भाषालाई रेडियो नेपालको कर्णाली प्रादेशिक कार्यालयले २६औं भाषाका रूपमा समाचार बुलेटिनको रूपमा प्रशारण गर्न थालेको हो।
सुर्खेतको वीरेन्द्रनगरबाट सुरु भएको यो प्रशारण कर्णाली प्रदेशका आठवटा एफएम र काहोलपुरस्थित टेलिभिजन प्रशारण केन्द्रमार्फत प्रशारण हुनेछ।







